नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्।
समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिने उनको भनाइ छ। उनले आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व भएको जिकिर गरे।
'साथीहरू, समाजमा द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिन्छ,' भण्डारी सामाजिक सञ्जालमा भन्छन्, 'आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व हो।'
प्रकाशित: १३ माघ २०८२ ०७:२१ मंगलबार




-600x400.jpg)
