५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार बनाउने गरी मत दिन लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार बनाउने गरी मत दिन आह्वान गरेका छन्। नारायणी नदी किनारमा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘चितवनमा गएर मात्र सही निर्णय हुन्छ, न्याय नपाउँदा चितवनले न्याय दिएको थियो। अब चितवनले देशलाई न्याय गर्ने छ।’

उनले उज्यालो देखाउन राजनीतिमा आएको जीकिर गरे। उनले १४ वर्ष विदेशमा बस्दा देखेको उज्यालो जस्तै नेपाललाई उज्यालो पार्न चाहेको बताए।

'१३१ मैनबत्ती बल्यो भने, समानुपातिकसहित २४० मैनबत्ती लिएर संसदमा जादैछु, एउटै मात्रै गएछ भने पनि त्यहाँ भित्रको अध्यारो हटाउनेछु।' उनले घण्टी कसैले सुन्न चाहेपनि नचाहेपनि घण्टी बज्न नरोकिने बताए। 'चितवनले के गर्छ भनेर आँखा लगाएर बसेका छन', उनले भने, 'नेपालको गरिमामय संसदमा नयाँ नयाँ अनुहारहरु हुनेछन्, अगाडीको रोमा हुनेछन्।' सरकारको नेतृत्व लिन पाएमा विदेशबाट नेपालीलाई फर्काएर उतैको जस्तै सुविधा दिएर नेपालमै रोजगारी दिने दाबी गरे।  

उनले मिली मिली भ्रष्टाचार गर्ने दलहरुलाई मत मार्फत दण्ड दिन आह्वान गरे। मुख, बैंक, खल्तीमा टेप लगाएर मौन अवधिको पालना गर्न आग्रह गरे। लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा कलाकारहरु दिपाश्री निरौला, नायक रमेश उप्रेती, किरण केसी, निर्मल शर्मा लगायतका कलाकारहरुले घण्टीको पक्षमा मत मागेका थिए।

प्रकाशित: १ मंसिर २०७९ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App