१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

राष्ट्रिय स्वतन्त्र पार्टी कार्यलय बसुन्धरा काठमाडौँ। तस्बिर: अमृत थापा/ नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको नाम टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। 

मंसिर ४ गते भएको निर्वाचनमा  पाएको  मतको आधारमा समानुपातिकमा पाएको १३ सिटको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तिम टुंगो लगाएको हाे।

दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम निर्वाचन आयोगमा बुझाउन सिफारिस गरेको छ। यस्तै खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस गरिएको छ। 

यस्तै मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट अशिम साहको नाम अन्तिम टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष्य तर्फ ७ सिट जितेको छ। प्रत्यक्षमा पार्टी  सभापती रवि लामिछाने , हरि ढकाल, डाक्टर तोसिमा कार्की, सोविता गौतम , शिशिर खनाल, गणेश पराजुली  र विराजभक्त श्रेष्ठ विजयी भएका थिए।

प्रकाशित: २४ मंसिर २०७९ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App