प्रेस स्वतन्त्रता हननका घटना बढे
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किँदै गएको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनअनुसार गणतन्त्रपछिको नेपालमा प्रेस स्वतन्त्रता खस्केको देखिएको हो ।
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किँदै गएको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनअनुसार गणतन्त्रपछिको नेपालमा प्रेस स्वतन्त्रता खस्केको देखिएको हो ।
‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५८८ देखि १६७९ सम्म) बाँचेका ब्रिटिस राजनीतिशास्त्री हब्सले जीवनमा धेरै आरोह–अवरोह देखे। उनकै जीवनकालमा राजा चाल्र्स प्रथमको हत्या भयो। ओलीभर क्रमवेलले गणतन्त्र चलाए, ११ वर्षसम्म। जनताले त्यो स्वीकार गरेनन्। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाए जनताले। सन् १६६० मा ब्रिटेनमा राजतन्त्र पुनर्स्थापना भयो। गणतन्त्र अन्तिम सत्य र निर्विकल्प होइन भन्ने प्रमाणित गर्ने यस्ता उदाहरण अरु पनि पाइन्छन्।
भारतको गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउने कूटनीतिक कसरत भएको थियो। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पहल गरेका थिए। सन् २०१९ मा लोकसभा चुनाव हुनुअगावै २६ जनवरीमा ट्रम्पलाई नयाँ दिल्ली उतार्न सक्नु मोदीका लागि लाभदायक हुन सक्थ्यो।
केही दिनअघि पत्रकार गंगा बरालले हाम्रो सविधानको नाम, मिति, इत्यादिबारे सवाल उठाएका थिए। वर्तमान सविधान कहिले जारी भयो भन्ने पनि नलेखिएको प्रसङ्ग उठाउँदा मैले भनेँ– यस संविधानको नाम नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ हुनुपर्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु-याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन्।
प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन विस्थापित भएको छ । १ सय ६५ वर्ष पुरानो ऐन संशोधन गर्दै प्रयोगमा ल्याइएको थियो तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले त्यो ऐन असान्दर्भिक हुन पुग्यो र नयाँको खोजी भयो । राज्य सञ्चालनका लागि मूल संविधानमात्र पर्याप्त हुँदैन।
गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो।
लागेको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपालबाट राजनीतिक संक्रमण अन्त्य भई राजनीति सुनिश्चित गन्तव्यतर्फ प्रस्थान गर्नेछ।
‘मिल्टन्स कटेज’ले धेरै पहिलेदेखि आमन्त्रण गरिरहेको थियो । अफिस र घरको भागदौडले बरालिन मिलिरहेको थिएन । समयले बारम्बार पछाडि धकेलिरह्यो ।
नेपाली स्रष्टाले परिवर्तनका निम्ति चलेका आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको योगदानलाई पन्छाएर यस प्रकारका आन्दोलनको चर्चा गर्न सकिन्न । राणाविरोधी आन्दोलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। आन्दोलनको पृष्ठभूमिको निर्माणमै उनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । सिर्जना र संस्थागत दुवै रूपमा यस्तो भूमिका निर्वाह गरिएको पाइन्छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ११ औं गणतन्त्र दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘असल चालचलन’ भएका कैदी एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा अन्डरलाइन) का नेता बालकृष्ण ढुंगेललाई मंगलबार रिहा गरेपछि मुलुकमा दण्डहीनताको खतरा बढेको छ। सत्तारूढ दल निकट नेता हुनासाथ गम्भीर मानवअधिकार उल्लंघनमा अदालतबाट दोषी करार भई थुनामा रहेका व्यक्तिले समेत पूरा अवधि सजाय भुक्तान गर्नु नपर्ने नजिर यस घटनाले स्थापित गरेको छ। एक, सर्वोच्च अदालतले उनलाई कैदसजाय गरेपछि पनि लामो समयसम्म पक्राउ पर्न सकेनन्। दुई, सर्वोच्चले तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशनात्मक आदेश दिई ढुंगेललाई गिरफ्तार गर्न आदेश दिएपछि मात्र फैसला कार्यान्वयन भएको थियो। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन भई निर्वाचनमा सहभागी हुने बेलामै केन्द्रका नेता पुष्पकमल दाहालले ढुंगेललाई निर्वाचनपछि रिहा गरिने घोषणा बिबिसी नेपाली सेवामार्फत गरेका थिए। पछि यी दुई दलबीच एकीकरण भएर नेकपा (अन्डरलाइन) गठन भई शक्तिशाली बनेको सरकारले दाहालको उक्त घोषणा कार्यान्वयन गरेको छ। ढुंगेलको रिहाइसँगै मुलुकमा न्यायको औपचारिक अवसान भएको छ।
प्रदेश नं २ को सरकारले आज गणतन्त्र दिवस मनाएको छ ।उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतिक भएको बताएका छन्। सैनिकमञ्च टुडिखेलमा आयोजित ११ औं गणतन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सम्पूर्ण नेपालीको विजय उत्सव भएको बताएका हुन्।
संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन्।भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।