३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।

कर्णाली, गैसस र हामी

नागरिकले विकासको अन्तिम अस्त्रका रूपमा संघीयता र प्रदेश सरकारलाई बुझिरहेका छन् । सातवटै प्रदेशमा प्रादेशिक सरकार गठन भएको करिब एक महिनासम्म सञ्चालन भएका बैठकहरू औपचारिकतामा बढी सीमित भए।

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ।

कर्णाली करिडोरका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

जुम्लाका कर्णाली राजमार्गसँगै जोडिएका स्वास्थ्यचौकी नियमित रूपमा खुल्दैनन् । सहजै रुपमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले निगरानी राख्न सकिने भएपनि कर्मचारीको मनपरीले नियमित रूपमा स्वास्थ्य संस्था नखुल्ने गरेको स्थानीय बताउँछन्।

कर्णाली प्रदेश : कर्मचारी नआउँदा समस्या, मन्त्रीको बास होटलमै

२४ जनाको दरवन्दी रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा हालसम्म पाँच जना कर्मचारी मात्रै हाजिर भएका छन्।

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

प्रदेश सरकारले समुदायमा ‘कम्युनिटी साइरन’ जडान सुरु गरेको छ। समुदायमा हुने अपराध न्यूनिकरण गर्ने उद्देश्यले शुक्रबारदेखि कर्णाली प्रदेशमा साइरन जडान सुरु गरिएको हो। सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउने घोषणा गरे अनुसार पहिलो चरणमा टोलटोलमा साइरन जडानको काम सुरु गरेको जनाएको छ।

प्रदेश ५, ७ र कर्णालीका २२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका २२ वटा नगरपालिका र गाउँपालिकाको केन्द्र, नाम तथा नाम र केन्द्र दुवै हेरफेर गरेको छ।

कर्णालीमा समृद्धिको आशा

कर्णाली प्रदेशको नामांकन गरि राजधानीको टुंगो लगाएसँगै कर्णालीमा समृद्धिको आशा पलाएको छ। कर्णालीको प्रदेश सरकारले भौगोलिक रुपमा विकट मानिएको कर्णाली अनुकूलको योजना बनाएर समृद्ध कर्णाली प्रदेश बनाउनेमा कुनै शंका छैन। कर्णालीको रोग, भोग, अशिक्षा, पछौटेपन हटाएर सुखी र खुसी प्रदेश स्थापनामा जोड दिने जुम्लाका स्थानीय जयबहादुर बुढा बताउँछन।

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

कर्णालीलाई जैविक प्रदेश बनाइने

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताएकी छिन्।

कर्णाली सन्देश

कर्णाली प्रदेशको नामकरणका क्रममा पनि सुझबुझपूर्ण निर्णय गर्न सांसदहरूले भूमिका निर्वाह गरेका छन् । प्रदेशको नामकै लागि आपसमा विवाद गर्ने र बन्दजस्ता अवाञ्छित क्रियाकलाप हुने हो भने अपेक्षित लक्ष्य हासिल हुन सक्ने छैन । सबै प्रदेशले बढीभन्दा बढी काम सिर्जना गर्दै समृद्धिको यात्रामा आफूलाई लगाऊन् ।

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। शनिबारको संसद बैठकले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको हो।

हिउँले ढाक्यो कर्णाली (फोटो फिचर)

सोमबार देखि परेको हिउँले कर्णालीलाई ढपक्कै ढाकेको छ । दुई दिन लगातार बादल लागेपछि पछि हिउँ परेको थियो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

कर्णाली जोड्न छोटो मार्गको खोजी

प्रदेश ६ को राजधानी सुर्खेत तोकिए संगै कर्णाली जोड्नको लागि छोटो मार्गको खोजी शुरु भएको छ । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने र जुम्लाबाट मुगु हुँदै उत्तरी नाका नाक्चा जोड्नको लागि पहल शुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्