१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीलाई जैविक प्रदेश बनाइने

सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताएकी छिन्।

पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताइन्।

त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रापालन, गँड्यौलापालन, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, च्याउ खेती, माछापालनलगायत व्यवसाय सञ्चालन गर्दै आएको विद्यालयका प्रअ नारायणप्रसाद सिग्देलले जानकारी दिए।रासस
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App