१ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णालीवासीको चासो, प्रदेश सभा बैठक

६ नम्वर प्रदेशसभाको पहिलो बैठकलाई कर्णालीवासीले चासोका साथ हेरेका छन्। संघीयता कार्यन्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुने र कर्णालीलाई संघीयता आएको महसुस हुने खालको निर्णय हुनेमा कर्णालीवासी आशावादी रहेका छन्।

कर्णालीमा हिमपातले जनजीवन कष्टकर

कर्णालीका हुम्ला, जुम्ला, मुगु डोल्पा र कालिकोट जिल्लामा मंगलबार रातीदेखि हिमपात सुरु भएको छ। खडेरीले किसानहरु चिन्तित भएको बेला एक्कासी हिमपात भएको हो। किसानहरु पानी र हिमपात हुँदा खुसी छन्।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर

जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

मुहार फेर्दै कर्णाली करिडोर

दुई दशकदेखि अलपत्र बनेको कर्णाली करिडोरको ट्र्याक बनाउने काम अहिले दु्रत गतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो करिडोरको निर्माण कार्यले अहिले गति लिएको हो।  हाल कर्णाली करिडोर अन्तर्गत खुलालु–सिमीकोट खण्डको ६६ किलोमिटरको निर्माण पूरा भएको छ । जिल्लाको लालीघाटदेखि घाटपारी चौर ३३ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै बाजुराको राताडाडादेखि अर्थुंगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो।

दमकमा ‘सा कर्णाली’

सांगीतिक व्याण्ड नेपथ्यले दमकमा शुक्रबार कन्सर्ट गरेको छ। यति बेलै दमक महोत्सव पनि आयोजना गरिरहेको यो उत्सवमय सहरको ठूलो हिस्सा शुक्रबार कन्सर्टमा उपस्थिती जनाउन स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा भेला भएको थियो।

कर्णालीमा निशुल्क पाठेघर अप्रेशन

कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुँन थालेको छ। सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका स्थानियलाई अब केहि राहत मिलेको छ।

भाइरल ज्वरो प्रभावित क्षेत्रमा कर्णालीका चिकित्सक

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको छ।

राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।

पुस १५, कर्णालीको विशेष पर्व

कर्णालीवासीले पुस १५ लाई विशेष महत्वका साथ मनाउँछन्। वर्षकै लामो रात पुस पन्ध्रमै पर्ने र रातभरी नसुतेरै जाग्राम बस्दा आयु लम्विने जनविश्वास छ।

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली साहरा बन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट व्यहोर्नु परेको गुनासो कर्णालीवासीको छ । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीवासी आक्रोशित बनेका हुन।

जाडोका कारण कर्णालीको जनजीवन कष्टकर

कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ।  अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ। जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ।

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

कर्णालीलाई सुदूरपश्चिमसँग जोडेको भन्दै कर्णालीको जुम्लामा सञ्चालन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरिबहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा शालिक वन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयदेखि पूर्व, उद्योग शाखा कार्यालयदेखि उत्तर, चन्दननाथ मन्दिर जाने मूलबाटो देखि पश्चिम र खलंगाको मूल बजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक बन्न लागेको हो ।

माथिल्लो कर्णाली : गुम्ने धेरै

यो आयोजना निर्माण क्रममा ३ हजारले रोजगारी पाउने उल्लेख छ तर आयोजना सञ्चालनमा आएपछि १ सय जना जतिले मात्र रोजगारी पाउने उल्लेख छैन । बिस्मृतिमा नपरोस् कि नेपालमा सिर्जना हुने यस्तो रोजगारी अधिकांश भारतीयले पाउँछन्, श्रम स्वीकृति अनिवार्य नभएको परिवेशमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्