१ मंसिर २०८१ शनिबार
image/svg+xml

६ नम्बर प्रदेशको राजधानी माग्दै कर्णालीबासी

राज्यको पुर्नसंरचना गर्दा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सडकमा उत्रिएको जुम्ला अहिले कर्णालीमा प्रदेश राजधानीको माग गर्दै आन्दोलनको तयारी थालेको छ। पहिचान र सामाथ्र्यका आधारमा कर्णाली अग्रस्थानमा रहेको भन्दै कर्णालीमै ६ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग जुम्लाबासीको छ।

कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष

म्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

कर्णालीका तीनवटै मुख्यमन्त्रीका आकांक्षी विजयी

प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीका आकांक्षी कर्णालीका तीनै जना उम्मेदवार विजयी बनेका छ । जुम्लाका नरेश भण्डारी, कालिकोटका महेन्द्र शाही र हुम्लाका जीवनबहादुर शाही विजयी बनेका हुन् ।

कर्णालीका तीन ‘टाइगर’ को एउटै निसाना

माओवादी लडाकुको डिभिजन कमान्डर हुँदै राजनीतिमा होमिएका कालिकोटका महेन्द्रबहादुर शाही पछिल्लो समय कर्णाली क्षेत्रकै प्रभावशाली माओवादी नेता मानिन्छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर चर्चामा आएका उनी बहालवाला मन्त्रीसमेत हुन् ।

माथिल्लो कर्णाली र अरुण–३ को म्याद थप

लगानी बोर्डले बहुचर्चित माथिल्लो कर्णाली र अरुण–३ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गरेको छ । माथिल्लो कर्णाली आयोजनाको वित्तीय व्यवस्थापनको म्याद असोज २ बाट लागू हुने गरी एक वर्ष र अरुण–३ आयोजनाको असोज १४ गतेदेखि लागू हुने गरी ६ महिना थपिएको हो ।

कर्णालीको मुख्य चुनावी अजेन्डा- 'उत्तरी सीमासम्म सडक'

२०५५ सालको जिल्ला परिषद्मा हुम्ला जिविसका तत्कालीन सभापति जीवनबहादुर शाहीले एउटा प्रस्ताव पास गराउन निकै समस्या झेल्नुप¥यो । उनले चीनको सीमावर्ती हिल्साबाट हुम्लाको सिमकोट जोड्ने सडक बनाउने प्रस्ताव राख्दा आलोचकले परिषद्मै भनेका थिए, ‘यो मान्छे बहुलाउन लाग्यो कि क्या हो ? हुँदै नहुने कुरा गर्छ ।’

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।

कर्णाली रोजगारमा कमिसनको खेल

जिल्लामा सञ्चालित कर्णाली रोजगार कार्यक्रमबाट प्राविधिक र कर्मचारीले मागदाबी सहित कमिसन लिने गरेको खुलासा भएको छ । आर्थिक वर्ष ०७३/७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासँग खुलेआम कमिसन लिने गरेको खुलेको हो।

ट्रक पल्टदा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गको जुम्ला कालिकोट खण्ड अन्तरगत राचुलीमा ट्रक पल्टदा सडक अवरुद्ध भएको छ । सुर्खेत देखि जुम्ला आउँदै गरको ट्रक राचुलीको उकालोमा पल्टदा सडक ठप्प भएको हो । दिपावलीको लागि सुर्खेत, नेपालगंज र काठमाडौँ हुँदै जुम्ला आउने यात्रु अलपत्र परेका छन्।

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्।

सुन्दर कर्णाली कुरूप बन्दै

तिला गाउँपालिका–४ की गौरी सुनार एक दशक अघिसम्म गाउँका चारैतिर खानेपानीको मुहान हँुदा निकै सुख हुने गरेको अनुभव सुनाउँछिन्। उनलाई आफू सानै छँदा आमाबावुले दुई घन्टामै जंगलवाट दाउरा र स्याउला ल्याएको पनि उत्तिकै सम्झना छ । पहिला वनको काम सकाएर घरको काम सहजै रूपमा सकिने गरेकोमा अहिले भने जंगलमा दाउरा स्याउला लिन जाँदा न्यूनतम ४ देखि ५ घन्टासम्म हिँड्नु परेको दुःख पोख्छिन् । वनको काममा टाढा जाँदा असुरक्षा बढ्नुका साथै कार्यवोझ पनि निकै बढेको छ।

अर्थतन्त्र मजवुत बनाउन कर्णालीलाई प्राथमिकता: राष्ट्रपति

राष्ट्रपति विद्या देवी भण्डारीले देशको अर्थतन्त्र मजवुद वनाउनको लागि कर्णालीलाई प्रथामिकतामा राख्नु पर्ने वताएकी छिन।

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।

नुहाउन गएका काका भतिज कर्णालीमा बेपत्ता

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा अस्पतालमा अक्सीजन अभाव

साता अघिदेखि कर्णाली राजमार्गमा सुख्खा पहिरो गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सीजन अभाव भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्