१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

जुम्ला – कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली साहरा बन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट व्यहोर्नु परेको गुनासो कर्णालीवासीको छ । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीवासी आक्रोशित बनेका हुन।  

पूर्व सांसद तथा जुम्लावाट समानुपातिक उम्मेदवार गोमा कुवरले संकटकालमा कर्णाली माओवादीको आधार क्षेत्र भएप्नि शान्ति प्रक्रिया संगै अपहेलित बन्दै गएको बताइन। केन्द्रमा कर्णालीको पहूच अभाव हुनुका साथै सुनयोजित रुपमा कर्णालीलाई पछि पारेको हुन सक्ने बताइन। 

उनले भनिन, मुख्यमन्त्री र ६ नम्बर प्रदेशको राजधानीका विषयमा चर्को वहस भइरहेको बेला माथिल्लो तहका नेताले आफ्नो अनुकुलतामा प्रतिनिधी छनौट गरेको आरोप उनको छ । माओवादीबाट सुर्खेतका सिता नेपाली र पु्ष्पा घर्ती विष्ट, जाजरकोटबाट  कृष्णा शाह र रुकुमकी विमला केसी समानुपातिक सांसद बनेकी हुन । जसमध्ये सिता नेपाली निरन्तर दोहोरिने सांसद हुन। 

नेकपा एमालेले पनि कर्णालीलाई समानुपातिकमा सम्मानजनक स्थान दिन सकेको छैन। जुम्ला सचिव आदीप्रसाद न्यौपानले भने, ‘समग्र कर्णालीको पक्षमा पार्टी केन्द्रको ध्यान नपुग्नु दुखको विषय हो। एमालेले कर्णालीलाई सम्मानजनक स्थान दिन सकेन’, उनले भने ‘कर्णाली प्रति हेर्ने एमालेको दृष्टिमा सुधार आउन नसकेको उनको ठहर छ । एमालेबाट मिनसिंह रखाल, वदमीक्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कोशिलावती खत्री र राजु नेपाली समानुपातिक सांसद वनेकोमा कर्णालीलाई एउटै मात्र भाग परेको छ । कर्णालीको डोल्पाकी वदमक्वारी वोहोरा मात्रै समानुपातिक लिष्टमा परेकी हुन।’ 

चन्दननाथ नगरपालिका जुम्लाकी मेयर तथा काँगे्रेस नेता कान्तिका सेजुवाल कर्णालीलाई काँग्रेसले पनि सम्मान गर्न नसकेको बताउँछिन । उनले भनिन्, ‘निर्वाचन आयोगमा बन्द सूची पेश गर्दा खेरिनै नेताले आफू अनुकुल सेटिङ गर्ने गरेको देखियो, निर्वाचन आयोगको फर्मेट बमोजिम छनौट गर्ने गरेको देखिएन।’ 

केन्द्रसंग सिधै पहूच भएका नेताले आफ्नो आसपासको जिल्लालाई नजिक बनाएर बन्दसूची पेश गरेकोले टाढाकोले अवसर पाउन नसकेको उनको भनाई छ। समानुपातिक सांसद बनाउने मामलामा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता समेत मुखदर्शक बन्नाले कर्णाली समान अवसर बाट वञ्चित हुनु परेको उनको तर्क छ। समानुपातिक बन्दसूचीमा तीन ठूला दलका मात्रै पाँच जिल्लाका १० जना उम्मेदवार थिए। 

समानुपातिक सांसदमा उपेक्षा गरेसंगै कर्णालीले पाउने सबै प्रकारका अवसरबाट विमुख गराउन खाजेको आरोप कर्णालीवासीको छ। 

प्रकाशित: १४ पुस २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App