३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कर्णाली र स्वयंसेवा

कर्णाली प्रदेश सरकारले नेपालमा हराइसकेको स्वयंसेवालाई ब्यूँताउने अभियानको सुरुवात गरेको छ। लोकतान्त्रिक व्यवस्था जनताको साथ–समर्थन र सहभागिताले मात्र लोकप्रिय हुने हुनाले स्वयंसेवाको विशेष महत्व छ।

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ।

माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् बङ्गलादेशले किन्ने

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ।

मन्त्रालयसँग पर्यटकको तथ्यांक छैन

पाँच लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मुगु जिल्लाको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ ग-यो।

लिमी पर्यटन महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री शाही हुम्ला

कर्णाली पर्यटन वर्ष २०७५ मनाउने प्रदेश सरकारको अभियान अनुसार आजबाट हुम्लामा लिमी पर्यटन महोत्सव हुँदैछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम रहेको छ। शाही महोत्सवको उद्घाटनका लागि हुम्ला पुगिसकेका छन्।

कोइकालाई लगानी गर्न दिन संघीय सरकारसँग माग

कर्णाली प्रदेश सरकारले कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)लाई कर्णाली प्रदेशमा लगानीका लागि स्वीकृति दिन संघीय सरकारसँग अनुरोध गरेको छ।

कोइकाकाे लगानीलार्इ स्वीकृति प्रदान गर्न संघीय सरकारसँग माग

कर्णाली प्रदेश सरकारले कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सी (कोइका) लाई कर्णाली प्रदेशमा लगानीका लागि स्वीकृति दिन संघीय सरकारसँग अनुरोध गरेको छ।

कर्णाली विकासका लागि विज्ञ समूह गठन

कर्णाली प्रदेश सरकारले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद बैठकले नेकपाका नेता जनार्दन शर्मासहित १० जनाको विज्ञ समूह गठन गरेको हो।

सुस्त कर्णाली सरकार

सुरुमै प्रदेशको नाम र राजधानीको टुंगो लगाएर चर्चामा आएको कर्णाली प्रदेश सरकार संसद्लाई ‘बिजनेस’ दिन नसक्ने अवस्थामा पुगेको छ।

कर्णाली अस्पतालमा २४ सै घण्टा विजुली

दैनिक लोडसेडिङको मार खेप्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ सै घण्टा विजुली बलेको छ। गुठिचौर गाउँपालिका स्थित नौमुले लघु जलविद्युत आयोजना देपालगाउँवाट अस्पतालको लागि छुट्टै विद्युत लाइन दिएपछि अस्पतालमा विजुलीको अभाव नहुने भएको हो। गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले संझौता पत्रमा हस्ताक्षर गरी स्वीच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए।

अब कर्णाली प्रदेशमा पेपरलेस मन्त्रिपरिषद्

कर्णाली प्रदेश सरकारले शनिबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गरेको छ। डिजिटल कर्णाली प्रदेशका रुपमा विकास गर्ने लक्ष्यसहित मन्त्रिपरिषद् बैठकबाट त्यसको सुरुवात गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले जानकारी दिइन्। कागजका ठेली बोकेर मन्त्रिपरिषद् बैठकमा पुग्ने मन्त्रिपरिषद्का सदस्यहरु शनिबार हातहातमा ल्यापटप बोकेर पुगेका थिए।

जिएमआरले लगानी जुटाउन नसकेपछि म्याद थपको माग

बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको जिएमआरले आगामी असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि पुनः म्याद थपका लागि लगानी बोर्डमा आवेदन दिएको छ।

कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्‍याफ्ट पल्टियो, १ बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्‍याफ्ट  कर्णाली नदीमा पल्टिएको छ।

खुला कारागार

“टाकुले राजाको छाप हो । बुढाले बिया गर्दा दिया हुन् ।” कालो पोतेमा उनिएको मैलो चाँदीको सिक्का देखाउँदै नानीमाया विकले एक मुठी हाँसोको झोक्का फुकाई पठाइन् । यसो गर्दा उनको अनुहारको गाढा रङको बाक्लो छालामा उमेरका पैनीहरु प्रस्टसँग तन्किन्यो । नसप्रिएका स्याउका स–साना दानाहरु डोकामा राखेर उनि ताल्चा विमानस्थलछेउको चौरमा सानो हाट भर्न आएकी थिइन् ।

कर्णाली सरकारको कार्यदल पनि निष्क्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलले एक साता बित्न लाग्दा समेत काम अघि बढाउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्