कर्णालीकाे बाढीले तीव्र कटान
कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ।
कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ।
कर्णाली नदी तटिय क्षेत्रमा प्रशासनले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ। कर्णाली नदीको चिसापानीस्थित गेजरिडरले पानी सतह उच्च मापन गरेपछि सार्वजनिक सूचनामार्फत नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो।
कर्णाली प्रदेशका मन्त्रीहरूले पाँच महिनाको अवधिमा भ्रमण खर्चवापत ६ लाख रुपैयाँ राज्यकोषबाट सकेका छन्।
कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा न्यून सांसदहरूको उपस्थिति थियो। ४० सदस्यीय प्रदेशसभाका सांसद मध्ये २१ जना मात्रै उपस्थित थिए। संसद बैठक २४ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो। विजनेश नहुँदा सांसदहरू घट्दै गएको सचिवालयले जनाएको छ।
जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।
सुर्खेत हुँदै जुम्ला यात्रामा निस्केका सिँजाका डिल्ली तिवारी दैलेख जिल्लाको दहीखोलानजिकै तीन घण्टा जाममा परे। बिहान ६ बजे यात्रा सुरु गरेका उनी समयमै घर पुग्ने आसमा थिए तर जाममा पर्दा जुम्ला–कालिकोटको सिमाना नाग्मामै बास बस्नुप-यो।
जुम्ला अस्पतालको सघन उपचार कक्षमा अनसनमा बसेका डा. गोविन्द केसीलार्इ काठमाडौं लैजादा भएको घटनामा क्षति भएको बिवरण सार्वजनिक भएको छ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा लगानी गर्ने निजी क्षेत्रलाई १० वर्षसम्म कर छुट गरिदिन संघीय सरकारसँग आग्रह गरेको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्गम र पिछडिएको क्षेत्रको समृद्धि र विकासका लागि निजी क्षेत्रको लगानी रहने योजना, आयोजना, कार्यक्रम र उद्योगबाट १० वर्षसम्म कर र राजश्वमा छुट दिन संघीय सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ।
कर्णालीको विकाससम्बन्धी नीति तथा योजना बनाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ । प्रधानमन्त्री कार्यालयले साउन महिनाको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने निश्चित भएको हो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।
गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् ।
१८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ।
१६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् ।
संघिय संसदमा कर्णालीप्रति सरकार उदासिन देखिएको भन्दै पटक–पटक आक्रोश पोख्दै आएका जुम्लाका सांसद गजेन्द्रवहादुर महतले कर्णालीलाई हेप्ने दिन गइसकेको बताएका छन्।