१५ असार २०८१ शनिबार
image/svg+xml

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

मेचीपारिको विद्यालय बन्द हुँदा ...

सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

तुइन प्रकरणमा भारतलाई कूटनीतिक नोट

मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ।

विवादै नभएको विषयमा छानबिन समिति, तुइन प्रकरणमा मौन

सरकारले भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाउने तथा छलफल गनुपर्नेमा त्यसप्रति बेवास्ता गरेको छ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्