इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।
सेनाका अनुसार शुक्रबार बिहान आतङ्ककारीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए।
छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना माथि विस्फोटक पदार्थ प्रहार गरेका थिए भने, इजरायली सेनाले गोली प्रहार गरेको थियो।
छापा मार्ने क्रममा जुडिया र सामरिया वरिपरि कुल २१ प्यालेस्टाइनी पक्राउ परेका थिए जसमध्ये छ जना हमाससँग सम्बन्धित थिए।
गत अक्टोबर ७ देखि, एक हजार ७५० भन्दाबढी वान्टेड प्यालेस्टाइनीहरूलाई जुडिया र सामरिया क्षेत्रमा पक्राउ गरिएको छ जसमध्ये एक हजार ५० जना हमाससँग सम्बन्धित छन् । हमासले आक्रमणको जिम्मेवारी लिएको छ । रासस
प्रकाशित: १ मंसिर २०८० १५:५० शुक्रबार