६ वैशाख २०८१ बिहीबार
अर्थ

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्। रौतहटको सदरमुकाम गौर र छिमेकी भारतीय सीमानाका बैरगनिया बजारको बीचमा रहेको मुख्य बाटो भएर ओहोरदोहोर गर्न एसएसबीले सोमबार बिहानदेखि रोक लगाएपछि करिब चार सय यात्रु अलपत्र परेका हुन्।  

भारत बिहारको सीतामढी जिल्लासित रौतहटको मुख्य नाका नै गौर–बैरगनिया हो। दुवैतिरको सहमतिमा केही हप्तादेखि पैदलयात्रुलाई दुवैतिर ओहोरदोहोर गर्न दिएको थियो। साइकल, मोटरसाइकल र अन्य सवारी साधनमार्फत नभए पनि पैदल हिँडेर ओहोरदोहोर भइरहेकोमा सोमबारदेखि भारतीय पक्षबाट पूर्ण रोक लगाइएको छ।

ओहोरदोहोरमा रोक लगाइएपछि भारतीय सीमा क्षेत्रबाट आएका जन्ती तथा विभिन्न कामले सीमा पार गरेका दुवैतर्फ चार सय जनाभन्दा बढी मानिस अलपत्र परेका छन्। एकाबिहान घरायसी सामान किन्न भारततिर गएका नेपालीहरु पनि सीमापारि नै अलपत्र परेका छन्।

बैरगनियामा रहेको एसएसबीको कमान्डेन्ट बदलिएपछि नयाँ आएका कमान्डेन्ट अमित कुमारले पैदल ओहोरदोहोरमा पनि रोक लगाएको नेपाली सुरक्षा अधिकारीहरुको भनाइ रहेको छ।

सीमा क्षेत्रमा आफन्तहरु अलपत्र परेपछि आफन्तहरु चिन्तामा परेका छन्। समस्या समाधान गरी घर फर्किन सहयोग गर्नुपर्ने आग्रह आफन्तहरुले गरेका छन्।

प्रकाशित: २१ असार २०७८ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App