४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निःशुल्क ब्लड बैँकका लागि ५१ लाखभन्दा बढी रकम सङ्कलन

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले निःशुल्क ब्लड बैक सञ्चालनका लागि चलाएको अभियानमा नागरिकस्तरबाट पहिलो चरणमै ५१ लाख बढी रकम सङ्कलन भएको रेडक्रसले जनाएको छ।

मध्यपहाडी राजमार्गमा जताततै पहिरो, जोखिममा पूर्वी पहाडको यात्रा

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

वित्तीय साक्षरता विस्तारमा पालिका

सिन्धुली कमलामाई नगरपालिका बस्ने एक महिला वित्तीय साक्षरता कक्षामा सहभागी भइन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा भए पनि कमाइ भने सामान्य हुँदा घर धान्न गाह्रो थियो।

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् ।

सिन्धुलीमा सर्पको टोकाइबाट तीन महिनामा तीन जनाको मृत्यु, ४२ घाइते

सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिंड्नु पर्दैन

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ।

भूकम्प पछिको पुनर्निर्माण: सिन्धुलीमा बन्यो ३ सय ९२ ओटा विद्यालय

२०७२ सालको बिनाशकारी भुकम्पबाट क्षतविक्षत भएका विद्यालय भवन पुर्ननिर्माण गर्ने क्रममा हालसम्म ३ सय ९२ ओटा विद्यालय भवन निर्माण भएको हो।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

सिन्धुलीगढीमा २५५ औँ विजय उत्सव

कमलामाई नगरपालिकाको आयोजनामा कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढीमा विजयी उत्सव मनाइएको हो।

'आधार क्षेत्रमा साख बचाउन सकस'

‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’

मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने

छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।

कमलामाई नगरपालिका: मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जा

कमलामाई नगरपालिका सिन्धुलीले रासायनिक मलको जोहो गर्ने नीति बनाएको छ। मलको चरम अभाव हुँदै गएकाले कृषकलाई प्राथमिकतामा राखेर कमलामाई नगरपालिकाले ल्याएको नीति कार्यक्रममा मलको जोहो गर्ने जनाइएको छ।

सिन्धुलीमा आलुको उत्पादन घट्यो

सिन्धुलीमा यसवर्ष आलु उत्पादनमा कमी आएको छ। रैथाने जातको आलु खेती गर्दै आएका किसानले यस वर्ष परीक्षणका लागि अन्य विभिन्न स्थानबाट आलुको बीउ ल्याएर लगाएपछि आलुको उत्पादनमा कमी आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्