४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्।

सिन्धुलीका पाँच पालिकामा गठबन्धनको अग्रता

मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।

सिन्धुलीको मतपरिणामः माओवादी केन्द्रको अग्रता

सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

एकै पटक चार स्थानमा मतगणना गर्ने तयारी

सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।

सिन्धुलीमा गठबन्धनबीच सहमति: पाँच कांग्रेस र चार पालिकामा माओवादीको प्रमुख

सिन्धुलीमा गठबन्धन दलबीच सहमति भएको छ। झण्डै एक सातादेखि निरन्तर सहमतिको प्रयास भइरहेका बेला बिहीबार सहमति भएको हो।

विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते

बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।

भत्किएको तीन दशकपछि पुर्ननिर्माण हुँदै रानीदरबार

दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ।

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।

सिन्धुलीमा कर्फ्यू: सत्तारुढ दलबाट सिन्धुलीगढी महोत्सव बहिष्कार

जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्।

तीन युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

दशैँको समयमा टीका लगाएर फर्किएका तीन जना किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुली प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

सिन्धुलीमा ३५ प्रतिशत मात्रै मुद्दा फर्स्योट

न्यायपालिकाको पञ्चवर्षीय योजनाअनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ रहेकोमा झन्डै आधा कम मुद्दा मात्रै फर्स्योट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण सम्पन्न, उद्घाटन गर्न सिन्धुलीमा राष्ट्रपति आउने

नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं बिजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका बीच युद्ध संग्रहालयको तत्कालिन रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेसँगै निर्माणले तीब्रता पाएपछि हाल निर्माण सम्पन्न भएको नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्