४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भद्रा बनिन् सिन्धुलीकै एकमात्र महिला वडाध्यक्ष

सिन्धुलीको दुधौली नगरपालिका ३ मा एकमात्र महिला वडाध्यक्ष निर्वाचित भद्रा माझीसहित।

सिन्धुलीको दुधौली नगरपालिकामा एक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन्। दुधौली नगरपालिका ३ बाट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेकी भद्रा माझी वडाध्यक्षमा सानदार मतसहित विजयी भएकी हुन्।

वडा अध्यक्षको टिकट पाउने उनी जिल्लाकै एकमात्र महिला हुन्। जिल्लामा रहेको ७९ वटा वडामध्ये दुधौली नगरपालिका ३ बाट उनलाई नेपाली कांग्रेसले टिकट दिएपछि उनी चुनावी अभियानमा लागेकी थिइन्।

उनले ८ सय ६ मतका साथ विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका किशुनलाल कुमरले ५ सय ५७ मत पाएका थिएन। उनले २ सय ५० मतको फराकिलो अन्तरले पुरै प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App