२० मंसिर २०७८ सोमबार
समाज

तीन युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजानिक गरेका सामूहिक बलात्कार अभियोगमा प्रक्राउ परेका अभियुक्तहरु। तस्बिर: अनिल/नागरिक

दशैँको समयमा टीका लगाएर फर्किएका तीन जना किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुली प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। १५,१६ र १७ वर्षीया किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आठ जनालाई प्रक्राउ गरि सिन्धुली प्रहरीले सार्वजानिक गरेको हो।

बलत्कार आरोपमा प्रक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ बोझेका २० वर्षीय दिपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगरलाई लुकीछिपी बसेको अवस्थामा महोत्तरीको बर्दिबासबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोबिन्द थपलियाले जानकारी दिए। यस्तै यसअघि घट्नास्थलबाट विवेक मगर, शिव मगर र हेम लामालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही प्रतिवादीलाई भगाउन सुरुदेखि मद्धत गरेको भन्दै कमलामाई नगरपालिका ५ का संजिब मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई नगरपालिका ४ का शिव देवकोटा, कमलामाई ६ का मेघबहादुर श्रेष्ठ र सर्लाही हरिवन ८ का इश्वर आलेलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिहेको एसपी थपलियाले जानकारी दिए। बलत्कार आरोपमा पक्राउ परेको आठ जनाले सिन्धुली कमलामाई नगरपालिका ५ बोझेका तीन बालबालिकाहरु दशैँको टीका लगाएर घर फर्कने क्रममा असोज ३० गते राती सामूहिक बलात्कृत भएका थिए।

यसैगरि प्रहरीले आरोपित भगाउन प्रयोग भएको बा १० च १८३६ नम्बरको स्कारपियो गाडी, प्र. २–०२–००३ प १२१० नम्बरको मोटसाइकल,२–०२–००४ प ५३७६ नम्बरको मोटसाइकल नियन्त्रणमा लिएको छ। बलात्कार आरोपी विश्व राई अझै फरार रहेका छन्। असोज ३० गते राती करिब २ बजेको समयमा कमलामाई नगरपालिका ५ लब्दाह खोलास्थित पुलमुनी बगर तथा बासको झाडीमा ९ जना युवाहरुले तीन जना युवतीहरुलाई जबरजस्ती करणी गरेका थिए।

प्रकाशित: ८ कार्तिक २०७८ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App