११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘सवारी’ सास्ती

लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्छन् । तर, व्यवहारमा त्यस्तो देखिँदैन। प्रायः विशिष्ट र अति विशिष्टका नाममा हुने ‘सवारी’मा सर्वसाधारणको बिचल्ली हुने गरेको छ। तिनका निम्ति प्रहरीले बेला–कुबेला सडक खाली गर्दा सर्वसाधारणको दैनिकीमा भने नकारात्मक प्रभाव पर्ने गरेको छ।

कांग्रेस र समावेशीकरण

नेपाली कांग्रेसको ०६४ असोज ८ मा सम्पन्न एकता महासमिति बैठक कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण बन्न पुग्यो । किनकि, उक्त महासमिति बैठक सम्पन्नको करिब सात महिनापछि मुलुकमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधान सभामा जारी आफ्नो घोषणापत्रमा कांग्रेसले समावेशी लोकतन्त्रको मान्यता स्थापित गर्यो । समानुपातिक समावेशीकरणकै सिद्धान्तको आधारमा निर्वाचनमा उम्मेदवारसमेत चयन गर्यो।

मन्त्रीको मर्यादा

उदार लोकतान्त्रिक शासन व्यवस्थाका केही मान्य परम्परा छन्। लोकतन्त्र स्थापनाको उद्देश्य राज्यका सबै अंगले आफ्ना सीमा बुझेर काम गर्न सकून् भन्ने हो। राज्यको एउटा अंगले अर्कोसँग व्यवहार गर्दा निश्चित मर्यादा पालना गर्नुपर्ने हुन्छ ।

जहाँ विमतिलाई देशद्रोहका रूपमा हेरिन्छ

‘विमति भनेको लोकतन्त्रको सुरक्षा कवच हो’ गएको महिना भारतका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेका पाँच जना मानव अधिकारवादीको अदालती सुनुवाइमा न्यायाधीश डीवाई चन्द्रचुडले भनेका थिए।

मृत्युदण्डको गलत बहस

आश्चर्यजनक ढंगले मृत्युदण्डको बहस आरम्भ भएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूले समेत भावनामा बहेर मृत्युदण्डको व्यवस्थागर्न माग गर्नुले समाजको चिन्तनस्तरलाई उदांग पारेको छ । अहिले जनधनको सुरक्षाको प्रमुख जिम्मेवारी लिएर बसेका गृहमन्त्रीले नै मृत्युदण्डका पक्षमा आफ्नो अभिमत प्रकट गरेपछि यो विषय गम्भीर हुन पुगेको छ।

देश डुब्न नदेऊ

सैद्धान्तिक तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानवअधिकार र लोकतन्त्रका मामलामा नेपाल विश्वका कैयौँ मुलुकभन्दा धेरै अगाडि भएको देखिन्छ । संयुक्त राष्ट्रसंघ (संरासं) ले जारी गरेका मानवअधिकार संयन्त्रका महासन्धि, अभिसन्धि तथा सम्झौताहरूमध्ये ३० भन्दा बढी दस्तावेजको पक्ष राष्ट्र भइसकेको छ नेपाल।

चाैथाे संविधान दिवसमा लोकतन्त्रकै मेला

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।

लोकतन्त्रमा नेल–हत्कडीको राजनीति

दिमागले कहिलेकाहीँ असाध्यै धेरै बेचैनी महसुस गर्छ । जब आफैँले लडेर ल्याएको व्यवस्थाको सांग्लोमा अनाहक आफैँ दण्डित हुनुपर्दाको क्षणमा जुन अवस्था सृजना हुन्छ, त्यसबेला पीडाबोध झन् बढी दर्दनाक हुन पुग्छ ।

अवज्ञा परमो धर्मः

स्वतन्त्र न्यायालयको सिद्धान्तलाई नेपाली लोकतन्त्रको अभ्यासले धरापमा पारेको छ । यहाँ कुनै व्यक्तिको पक्षपोषणको प्रश्न होइन । यसैपनि नागरिक सार्वभौम र सर्वोच्च भएको हुनाले उसलाई राज्यले अवमूल्यन गर्नु लोकतन्त्र विरोधी अभ्यास मानिन्छ।

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- ‘लोकतन्त्र एस, छाडातन्त्र नो’

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा छाडातन्त्र अस्वीकार्य भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए।

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

माइतिघर लगायतका क्षेत्रमा सरकारले विरोध प्रदर्शन गर्न नदिने गरेको निर्णय प्रति सांसदले आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका सांसद डा. बाबुराम भट्टराईले कार्यकारी निर्णय गरेर उपत्यकाका सार्वजनिक स्थलमा निषेधित क्षेत्र घोषणा गर्नु गतल भएको बताए। कुना काप्चामा विरोध प्रदर्शन गर्ने क्षेत्र बनाउनु लोकतन्त्र र समाजवादको मुल्यमान्यता विपरित रहेको उनको भनाई छ।

‘वामपन्थी कमजोर भए लोकतन्त्र खतरामा पर्छ’

तीन दशकभन्दा लामो समय तराई मधेस केन्द्रित पार्टीमा रहेर राजनीति गरेका हृदयेश त्रिपाठी पछिल्लो समय भने ‘स्वतन्त्र राजनीतिक समूह’मा आबद्ध छन्।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

लोकतन्त्रको लय

लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूति त्यतिबेला मात्र हुन्छ जतिबेला शासन सत्तामा रहेका व्यक्तिहरू आलोचनाबाट उतर्सिंदैनन्। लोकतन्त्रको सुन्दर पक्ष भन्नु नै सरकारका चित्त नबुझेका पक्षमाथि निर्धक्क आलोचना गर्न पाउनु हो। त्यसका लागि सत्ता सञ्चालनको केन्द्रमा रहेका व्यक्तिलाई प्रश्न गर्न पाइन्छ। प्रश्न तिनैलाई गरिन्छ जसको काँधमा जिम्मेवारी छ। प्रश्नबाट तिल्मिलाउने व्यक्तिले सार्वजनिक जीवनमा बस्नु हुँदैन। सार्वजनिक जिम्मेवारीमा आउनुको अर्थ तिनका कामप्रति सर्वसाधारणले जबाफदेही माग गर्न सक्ने अवस्था हो । समस्या त्यतिबेला उठ्न सक्छ, जतिबेला शासन सत्तामा रहेका व्यक्तिलाई जनताले जिताएर पठाइसकेपछि अरूलाई किन चिन्ता? निर्वाचनमा मतदाताले मत दिइसकेपछि आफ्नो जिम्मेवारी पूरा गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्