‘विमति भनेको लोकतन्त्रको सुरक्षा कवच हो’ गएको महिना भारतका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेका पाँच जना मानव अधिकारवादीको अदालती सुनुवाइमा न्यायाधीश डीवाई चन्द्रचुडले भनेका थिए । उनको यो भनाइ शतप्रतिशत सही होइन । वास्तवमा विमति भनेको लोकतन्त्रको प्राणवायु हो । एउटा स्वस्थ लोकतन्त्रका लागि सडकमा, सार्वजनिक सभाहरूमा, अखबारहरूमा र रेडियो तरंगमा विमतिका अभिव्यक्ति नियमित रूपमा आउन जरुरी हुन्छ । त्यसले सरकारलाई जवाफदेही बनाउने गर्छ।
तथापि आज हामी यस्तो समयमा बाँचिरहेका छौँ जहा“ विमतिलाई देशद्रोहका रूपमा हेरिने गरेको छ । सामान्य राजनीतिक गतिविधिलाई समेत निषेध गरिएको हुन्छ । प्रान्त र संघीय सरकारहरू ‘विमति राख्नेहरू’विरुद्ध गिरफ्तारी वा दमनमा उत्रने गरेको छ । उदाहरणका लागि, यो वर्षको सुरुमा तामिलनाडु सरकारले टुटिकोरिनको प्लास्टिक कारखाना र प्रस्तावित चेन्नईदेखि सालेमसम्मको एक्सप्रेस मार्गको विरोधमा उभिएका अभियन्ताहरूलाई भारतीय फौजदारी कानुनका विभिन्न असंख्य धारा थोपरियो।
म तपाईंसँग सहमत नहुन सक्छु तर म तपाईंको अभिव्यक्ति स्वतन्त्रताका लागि अन्तिम साससम्म लडिरहेको हुनेछु।
यसरी दमन गर्ने तामिलनाडु प्रान्त एक्लो होइन । भारतभरि नै सरकारहरू विमति राख्ने अधिकारको सम्मान गर्न अस्वीकार गरिरहेका छन् । त्यसो त भारतमा भिन्न मतप्रति सम्मान नगर्ने परम्परा नयाँ होइन । तर पछिल्ला पाँच वर्षमा विमतिप्रति अपमान गर्ने मात्रा अझै विस्तार र गहिरो बन्दै गएको छ।
जनवरी महिनामा भएको भीमा कोरेगाउँ घटनासँग जोडेर गएको महिना नियोजित रूपमा देशभरिबाट अधिकारकर्मीहरूलाई पक्राउ गरियो । जुन प्रकारले ती अधिकारकर्मीका घरमा खानतलासी लिइयो, उनीहरूका परिवारजनलाई जस्तो प्रकारबाट आतंकित बनाइयो र भीमा कोरेगाउँमा भएको हिंसा सम्बन्धमा सुरुमा तयार गरिएको प्रतिवेदनमा दोषी मानिएका मानिसहरूमाथि अनुसन्धान गर्न तयार नहुनु निकै गम्भीर र अझ चिन्ताजनक अवस्था हो । यो घटनामार्फत सरकारमाथि कुनै जटिल प्रश्न उठाउने कुनै पनि प्रकारको भिन्न मतमाथि फलामे बज्र प्रहार हुने र त्यस्तो प्रहार कति बेला अदालतमा समेत नलगिने सन्देश दिन खोजिएको छ।
गएको महिना सरकारले निशाना ताकेका दुई जना अभियन्तालाई म राम्ररी चिन्छु । अरुस“ग पनि मैले सँगै काम गर्ने अवसर पाएको छु । वास्तवमा ती सबै अभियन्ता र उनीहरूका गतिविधिले अन्यायविरुद्ध बोल्ने एकमनको प्रतिबद्धता देखाएका छन्।
सन् २०१६ सम्म म द इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकको सम्पादक थिएँ । त्यस क्रममा विविध अर्थराजनीतिक विषयमा आनन्द तेलतुम्बडेका विचार प्रकाशित गर्ने अवसर प्राप्त भइरह्यो । त्यस्तै गरी धेरै विषयमा गौतम नवलखाका विचार पनि हामीले लामो समयसम्म प्रकाशित ग-यौँ । उनीहरू दुवैका आ–आफ्ना पेसा छन्, तर उनीहरू अभियन्ता पनि हुन् । आनन्द व्यवस्थापन क्षेत्रका व्यक्ति हुन् जो शिक्षक बने । गौतम तीन दशकभन्दा लामो समयसम्म सञ्चारमाध्यममा टिप्पणीकार हुन्।
आफ्नो विचारप्रति समर्पित
सन् १९७० दशकको उत्तराद्र्धतिर गौतम द इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकमा काम गर्थे । उनीजस्ता व्यक्तिलाई आफ्नो प्रकाशनमा आबद्ध बनाउन त्यतिबेला ज्यान दिएर लाग्थे । उनी त्यो साप्ताहिकप्रति निकै इमानदार थिए । त्यसको उनी जमेर प्रवद्र्धन गर्थे । त्यो क्रम तीस वर्षसम्म चल्यो । उनले निरन्तर लेख लेखिरहे।
उनी पत्रिकामा लेख्ने क्षमता भएका युवा लेखकको लगातार खोजीमा रहन्थे । नवोदित लेखकका कुनै पनि प्रकाशित लेखमाथि उनी सल्लाह सुझाव दिने गर्थे । त्यो अखबार खरो आलोचनात्मक पत्रिका हो, तर जोकोहीलाई गौतमको मनमा त्यो पत्रिकाप्रति विशेष लगाव भएको थाहा पाउन गाह्रो पर्दैनथ्यो । उनी हुरुक्कै भएर त्यसरी लाग्नुको कारण थियो । इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकलाई गौतमले सूचना प्रवाह, बहस अनि विमतिका लागि देशकै एउटा महत्वपूर्ण मञ्चका रूपमा लिएका थिए।
सन् १९९० को दशकतिर केही समय इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिक गौतमको राजनीतिक विचारभन्दा भिन्न विचार समात्यो । तर पनि उनले त्यसमा आफ्नो संलग्नता छाडेनन् । उनी त्यतिबेलाका सम्पादक कृष्णराजसँगै इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकमा समाहित भइरहे । उनी आफूलाई दिइएको स्थानमा बसेर पनि आफ्नो तर्क गरिरहन्थे । गौतमका लागि त्यो अखबार एकै पटक त्याग्न सक्ने संस्था थिएन।
वास्तवमा गौतमले सोचेभन्दा धेरै काम गरेका छन् । सन् १९८० को दशकमा अनुवादको काम चर्चित बन्नुअघि नै उनले इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिक हिन्दी भाषामा प्रकाशन गर्ने निधो गरे । हिन्दी संस्करणको नाम राखियो– सच्चा । उनले आफ्नै स्रोतको उपयोग गरी सो पत्रिको सम्पादन र प्रकाशन गरे । उनले निकै समर्पणभावका साथ यो काम दत्तचित्त भएर गरे । बलियो आर्थिक स्रोत र बजार व्यवस्थापनको कमीले ‘सच्चा’ केही वर्षभित्रै बन्द भयो । तर त्यति हुँदैमा गौतमले व्यापक पाठकसम्म इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकका सन्देश पु-याउन भने छाडेनन्।
म त्यो साप्ताहिकको सम्पादक बन्नुअघि, त्यसको सामान्य पाठक मात्र हुँदा म गौतमका धेरै लेख पढ्थेँ । दसकौँसम्म त्यसमा प्रकाशित गौतमका असंख्य लेख शोषित, पीडित र सीमान्तीकृत जनताको हितसँग जोडिएका पढ्ने खुराक बनेका थिए । उनका कतिपय लेख आदिवासी जनताबारे हुन्थे, कहिले कास्मिरका जनताबारे लेख्थे त कहिले नेपालमा गणतन्त्रको विषयमा लेख्ने गर्थे । गौतमको चासोको व्यापकता देखेर म चकित पर्थें । सन् १९९० दशकको मध्यतिर इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकमा प्रकाशित उनको विचारमूलक बुझाइ पढ्ने अवसर पाएँ। भारतको रक्षा खर्चबारे सो लेखमा विस्तृत चर्चा गरिएको थियो । उनको सो सूचना मैले आफ्नो अनुसन्धानका लागि पनि प्रयोग गरेको थिएँ। गौतम कोही तालिम प्राप्त प्राज्ञिक व्यक्तित्व त होइनन् तर उनको लेखाइमा प्राज्ञिक लेखनको गुण हुने गर्छ।
हामीबीचको सम्बन्ध दशकौँ पुरानो हो । त्यसको अर्थ हामीबीच कुनै प्रकारको विमति नहुने भने होइन । वास्तवमा हामी कहिलेकाहीँ सम्पादकको हैसियतमा प्रकाशित कतिपय विषयवस्तुमाथि गहिरो फरक मत राख्ने गर्छाैँ । कहिले म उनका लेखमाथि गम्भीर प्रश्न उठाउने गर्थें । अनि कहिलेकाहीं मैले उनका लेख वा उनले पठाएको लेख पत्रिकामा नछाप्दा उनीसँग गहिरो विमति हुने गथ्र्यो । इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकको स्टाफका रूपमा हामीले एकअर्काको सम्बन्धित जिम्मेवारी गौरवमा आधारित भएको कुरा दुवैलाई थाहा थियो । सम्पादकको हैसियतमा मैले गरेको निर्णयको उनी सम्मान गर्थे भने म उनले पत्रिकाप्रति देखाएको समर्पणको सम्मान गर्थें । मेरो विचारमा हामी एकअर्कालाई अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी भोल्टेयरको यो भनाइमा आधारित भएर बुझ्न खोज्छौँ– ‘म तपाईंसँग सहमत नहुन सक्छु तर म तपाईंको अभिव्यक्ति स्वतन्त्रताका लागि जीवनको अन्तिम साससम्म लडिरहेको हुनेछु।’
इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकमा तीन दशकसम्मको योगदानपश्चात् गौतमले सन् २०१२ मा त्यसबाट औपचारिक रूपमा सम्बन्ध तोडे । उनी आफ्नो अरू काममा लाग्न चाहन्थे । त्यसको अर्थ उनी इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकसँग कुनै सम्पर्क नै नभएको भने होइन । उनी पत्रिकाका सबै कुरा केस्रा केस्रा केलाएर पढ्ने गर्छन् र बेलाबेला सल्लाह दिइरहन्छन् । कहिलेकाहीँ लेख्ने पनि गर्छन्।
यति बलियो प्रतिबद्धता र धेरै चासो र चिन्ता भएको एक जना मानिसलाई गलाउन भारतको राज्यलाई त्यति सजिलो काम पक्कै होइन।
(रेड्डी इकोनोमिक एन्ड पोलिटिकल साप्ताहिकका पूर्वसम्पादक तथा स्क्रोल.आर्ईएनका पाठक सम्पादक हुन् । भावानुवादः नीरज लवजू)
प्रकाशित: २१ आश्विन २०७५ ०२:४४ आइतबार