६ आश्विन २०८१ आइतबार
image/svg+xml

जाजरकोट भूकम्प अपडेट :मृत्यु हुनेको सख्या १३३ पुग्यो

जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।

जाजरकोट भूकम्प:कालीकोटको स्वास्थ्य सेवा कार्यालयमा क्षति

गत राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु पारेर आएको ६.४ रेक्टर स्केलको भूकम्पले स्वास्थ्य सेवा कार्यालय,कालिकोटको जिर्ण भवनमा क्षेती पुगेको छ।

जाजरकोट भूकम्प: जुम्लामा पाँच जना सामान्य घाइते ,दर्जनौं घर चर्किए

जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।

भूकम्प अपडेट : नेपालगञ्जमा घाइतेको उपचार गरिँदै

गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ।

रुकुमको सल्लेबाट नेपालगन्ज ल्याइयो शिशु सहित ११ घाइते

नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो।

नयाँ भूकम्पपछि जाजरकोटमा गयो १५९ पराकम्प

शुक्रबार राति ११ः ४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पको १५९ पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन।

यसअघिका भूकम्पले हल्लाएको भूगोल भएकाले बढि क्षति भयोः भूकम्पविद् डा. भट्टराई

यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले त्यहाँको संरचना कमजोर बनाएका कारण यो पटक धेरै क्षती भएको भट्टराईले बताए।

जाजरकोट भूकम्प :घाईतेलाई नेपालगन्ज ल्याउँदै

गएराती जाजरकोटमा गएको भूकम्पमा परि घाईत भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

जाजरकोट भूकम्प :नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा

जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।

तस्बिरमा हेर्नुस जाजरकोट भूकम्पको क्षती (फोटोफिचर)

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।

भूकम्पका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु,भेरी अस्पतालमा उपचार हुँदै

भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।

प्रधानमन्त्री दाहाल जाजरकोट: सिडियोसँग विवरण लिएर स्थलगत घुम्ने तयारी

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा अहिले नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्