१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ भूकम्पपछि जाजरकोटमा गयो १५९ पराकम्प

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पको १५९ वटा पराकम्प गएको छ।

शुक्रबार राति ११ः ४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पको १५९ पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले शनिबार बिहान १०ः १५ सम्म १५९ वटा पराकम्प गएको बताए।  

उनले भने, अहिलेसम्म १५९ वटा पराकम्प गएको छ। भूकम्प गएपछि पराकम्प कहिलेसम्म जान्छ त्यो समय भन्न सकिदैन। तर विश्वको मान्यता अनुसार एउट ठूलो भूकम्प गएपछि त्यो भन्दा साना मानका कम्पनहरु भूकम्प गएको केहि मिनेट, केहि हप्ता, केहि महिना, केहि वर्षसम्म गहिरहन्छ। त्यो ठाउँमा भूकम्प जानुभन्दा पहिलेको भूकम्पीय गतिविधि पहिलेको अवस्थामा नआएसम्म गइरहन्छ।

प्रकाशित: १८ कार्तिक २०८० ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App