२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्प अपडेट : नेपालगञ्जमा घाइतेको उपचार गरिँदै

गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ।

भेरी अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ।कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ।दुवैको अवस्था सामान्य भएको उनले बताउनुभयो।  

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच सैयामा घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टरमा उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।भूकम्पबाट जाजरकोट  र रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति भएको छ।  

प्रकाशित: १८ कार्तिक २०८० ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App