१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।

उनले भनेका छन्, 'नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'

प्रकाशित: १८ कार्तिक २०८० ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App