४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।

सुवासको निधन, शोकमा संविधान

आन्तरिक र बाह्य शक्तिकेन्द्रको अत्यासलाग्दो दबाबबिच पनि नयाँ संविधान जारी गर्ने कार्यका सूत्रधार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सौम्य, सन्तुलित र स्वच्छ चरित्र मुलुकको राजनीतिले कहिल्यै भुल्ने छैन।

शोकमा डुब्यो प्रदीपको गृहनगर

एकाबिहानैदेखि चहलपहल देखिने लहान बजार आइतबार सुनसान छ। चिया पसल बाहेकका पसलहरु बन्द छन्। स्कुल कलेजमा शोक बिदा दिइएको छ।

तिहारमा सिङ्गो गाउँ शोकमा

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ।

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

तीन सातापछि शव आउँदा सिंगो गाउँ शोकमा

साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।

शोकमा तानसेन बजार बन्द

शोकका कारण आइतबार तानसेन बजार बन्द छ। शुक्रबार भएको बस दुर्घटनामा परि जिल्ला सदरमुकामका १४ जनाको मृत्यु भएपछि तानसेन शोकका कारण बन्द भएको हो।

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते, शोकमा तानसेन

शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन्।

शोकमा शिक्षा अभियानलाई सघाउँदै मदकृष्ण

पत्नी बियोगको शोकमा छन कलाकार मदनकृष्ण श्रेष्ठ अहिले । जीवनका हरेक मोडमा साथ दिदै आएकी पत्नी यशोदा सुवेदी श्रेष्ठलाई उनले दुइ साता अघि गुमाएका थिए । क्यान्सर रोग कारण यशोदाको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । पीता मदककृष्णको आखाबाट औलाएको छैन।

शोकमा मालिका -

‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै बढी दुःख देउ।’ प्रसिद्ध नाटककार बालकृष्ण समको यो भनाइ म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका धर्मलाल र लीलमतीको जीवनमा चरितार्थ भएको छ।  धनसम्पत्ति आर्जन गरी आमाबुबा र परिवारसँगै सुखीजीवन बाँचौंला भनी विदेशिएका छोराहरूएकदशक आसपासमा रातो बाकसमा घरकै आँगनमा झरेपछि धर्मलाल र लीलमतीले वैदेशिक रोजगारमै तीन छोरालाई गुमाएका छन्।

न्यायाधीश निधनको शोकमा इजलास स्थगित

सर्वोच्च अदालतमा सोमबार कुनै पनि इजलास सञ्चालन भएनन् । सर्वोच्चका पूर्वन्यायाधीश रामनगिना सिंहको निधन भएकाले शोकमा इजलास स्थगित गरिएको प्रशासनले जनाएको छ । सिंहको आइतबार बेलुकी निधन भएको हो।

शोकमा भलिबल खेल्दै प्रतिभा

महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ । मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ।

उम्मेदवारका छोराको हत्याले शोकमा डुब्यो जुँगु, त्रासमा स्थानीय

जुँगु सदरमुकाम चरिकोटदेखि ५८ किलोमिट पूर्वको गाउँ हो। माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिन्छ। जनयुद्ध कालमा सेनाले मारेका  ऋतबहादुर खड्काको यो गाउँलाई माओवादीले ‘शहीदको रगत सिञ्चेको’ भनेर टिप्पणी गर्ने गर्छ। कांग्रेस—एमालेले बुथ कब्जाको आरोप लगाए पनि संविधान सभाका दुवै निर्वाचनमा माओवादीले यो गाउँबाट बहुमत पाएको थियो।

जम्मु भिडन्तमा मारिएका असिमको भारतमा अन्त्येष्टि, रतन्छा गाउँ शोकमा

जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिन राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्