१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते, शोकमा तानसेन

पाल्पा – शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन्।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनका शेयर सदस्य र कर्मचारी सवार भ्रमणको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परि डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा र लक्ष्मी बचतका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्य समेतको मृत्यु भएको छ। यस्तै मृत्यु हुनेहरुमा तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य छन्।

तानसेन–६ का सचिन बज्रार्चाय, सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु र गिता बुढाथोकी रहेका छन्। यसै गरि तानसेन– २ का लोकनाथ ढकाल, तानसेन ३ की बसन्ती खाँण र कमला कार्की रहेका छन।  एक जना मृतक महिलाको नाम खुल्न सकेको छैन। मृतक कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए।

भ्रमणमा रहेको बससडकको छेउ भासिएर दुर्घटनामा परेको हो। बस सडकबाट झण्डै तीन सय मीटर तल खसेको छ । बिहीबार रातीदेखी परेको पानीका कारण सडक गलेर भाषिएको अनुमान गरिएको छ। दुर्घटनामा घाइतेहुनेहरूमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्राचार्य रहेका छन्। घाइतेमध्ये प्रविण बज्रार्चाय, मुना सारु र ओम मलेगोको लुम्बिनी मेडिकल कलेज र अन्यको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको छ।

४० वर्षीय बसका चालक अर्जुन थापाको दुवै खुट्टा भाँचिएको र रगत धेरै बगिरहेको छ। यस्तै सन्तम बज्रचार्यको पेल्भिस फेक्चर र फिमर भएका कारण दुवैजनालाई हेलिकप्टर मार्फत् काठमाडौं पठाउने तयारी गरिएको मिशन अस्पतालले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App