दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।
ज्येष्ठ नागरिकका लागि कामगर्ने अन्तर्राष्ट्रिय संस्था हेल्प एज इन्टरनेसनल एडिए (एज डिमान्ड्स् एक्सन क्याम्पेन्स्, २०१८) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस, विश्व स्वास्थ्य दिवस र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस १५ जुन २०१८ मा मनायो । ज्येष्ठ नागरिकहरूको आवाज सुनिनुपर्छ भनेर २००७ मा २७ देशको सहभागिताबाट सुरु भएको अभियानमा आजका दिनमा ५५ देशले सहभागिता जनाइसकेका छन्।
मनको शान्ति खोज्नेका लागि खप्तड प्रकृतिको अनमोल उपहार हो । त्यहाँ पुग्दा तन र मन दुवैमा ऊर्जा भरिन्छ । त्यहाँ योग र ध्यान गर्ने वातावरण छ । निलो आकाशमुनि बसेर ध्यान गर्दा आनन्द मिल्छ । त्यही पवित्र भूमिमा खप्तड बाबाले ५० वर्ष साधना गरेका थिए ।
डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ ।
तपाईंको सबैभन्दा प्यारो र धेरै समय बिताउने ठाउँ कुन हो ? पक्कै पनि सुत्ने कोठा नै दिमागमा आउँछ । किनभने सुत्ने कोठामा हामीले दिनको २४ घण्टामध्ये कम्तीमा पनि ६ घण्टा बिताउँछौँ । जहाँ हामी सबै तनाव र थकान भुलेर निदाउँछौँ । तर कतिपयलाई भने कुनै सुत्ने कोठाकै कारण पनि निद्रामा समस्या पर्न सक्छ ।
पहिले हामी ठूलो परिवारसँग बस्थ्यौँ । परिवार सदस्य संख्या न्यूनतम १०/१२ जनादेखि २०/२५ जनासम्मको हुने गथ्र्याे । एक अर्कासँग धेरै घुलमिल हुन्थ्यो । धेरै जनाको धेरै जनासँग प्रगाढ तथा आत्मीय सम्बन्ध हुन्थ्यो ।
नेपाल तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालीहरूको औसत आय बढेको छ अर्थात् नेपालीहरू धनी हुँदैछन् । धनी र गरिब भन्ने तुलनात्मक पक्षका कुरा हुन् । यस आधारमा हामी विगत भन्दा धनी भएका रहेछौं ।
विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ।
समाजशास्त्र विभागमा हिन्दी माध्यमबाट पढ्ने ९० जना जति र हामी अंग्रेजी माध्यमबाट पढ्ने १७ जना थियौं । १७ मध्ये हामी दुईजना नेपालबाट, दुईजना थाइल्यान्डबाट र एकजना क्याम्बोडियाबाट थियौं भने बाँकी एकजना महिलासहित भारतका थिए । यसपटकको भ्रमणमा हिन्दी समूहका सहपाठी ए.पी.सिंहसँग भेट भयो । हाल उहाँ यही विभागमा प्राध्यापक हुनुहुन्छ ।
लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीले तीन सयभन्दा बढी लागू पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेर प्रहरीलाई बुझाइसकेको छ । तीमध्ये २५/३० जना जेलमै छन् ।
कानुन परिवर्तनका विषयमा दुई विचारधारा विद्यमान छन् । एउटा समाजले चाहेको कानुन बन्ने सिद्धान्त र अर्काे कानुनले डो-याएको समाज विकासक्रमको सिद्धान्त । समाजको विकास क्रममा जुन सिद्धान्त पनि हावी हुन सक्छ तर यो विशुद्ध समाजको आवश्यकताले अघि बढ्दै जाने विषय हो ।
तेजिला आँखा, निकै राम्री एक सोह्र वर्षीया केटीको टिचिङ अस्पताल महाराजगञ्जमा डा. भगवान कोइरालाले ओपन हार्टको सर्जरी गरेका थिए । कोइरालाले सफलतापूर्वक सर्जरी गरेपछि नर्सको जिम्मा लगाएर घरतिर गए । यता बिरामीलाई नर्सहरुले स्याहार गरिरहेका थिए ।
प्राचीन कालमा मन्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो ।
बालाजु बस्ने सोहित बस्नेतको टाउकोमा कपाल उम्रिन छाडेको ५ वर्षजति भयो । ३० वर्षका उनी २५ वर्षको उमेरदेखि नै टाउकोमा तालु टल्काउँदै हिँड्न बाध्य भएका थिए । उनले भने, ‘पहिले त कपाल राम्रै थियो तर बिस्तारैबिस्तारै झर्दै टुक्रिँदै गयो र तालु टल्किन थाल्यो ।’ तालुभन्दा तल भने कपाल पहिलेजस्तै छ ।
साधारणतः व्यक्ति वा संस्थाले विभिन्न क्षेत्रमा गर्ने लगानीलाई पोर्टफोलियो भनिन्छ । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको सेयरमा गर्ने लगानीलाई इक्विटी पोर्टफोलियो भनिन्छ ।