२३ आश्विन २०८१ बुधबार
image/svg+xml

इन्डोनेसियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो

इन्डोनेसियाको तटीय सहर सुलावेसीमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपपछिको शक्तिशाली सुनामीमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।

इन्डोनेसियामा भूकम्प, मर्नेको संख्या ३ सय नाघ्यो

इन्डोनेसियाको सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी तीन सय भन्दा बढीको मृत्यु भएको छ। इन्डोनेसियाली विपद राष्ट्रिय प्रकोप नियन्त्रण निकायका अनुसार शनिबार दिउँसोसम्म ३८४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ५४० भन्दा बढी घाइते छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।

सहुलियतपूर्ण कर्जा पाउने

सरकारले आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताएका छन्।

अझै बनेन स्वयम्भूको कर्मराज गुम्बा

२०७२ सालको भूकम्पले भत्किएका स्वयम्भूका कर्मराज गुम्बा र ज्ञानमाला भजन खलको पुनर्निर्माण अझै सुरु भएको छैन ।

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। २०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने।

भूकम्पमा मरे भन्दै काजकिरिया, पोखरामा डुल्दै जीवन

अछाम विनायक पञ्चदेवल–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौमा थिए।कसैले कुनै सुराक नपाएपछि भूइचालोमा मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया पनि गरियो

छिया–छिया सीमा सडक (भिडियो)

भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो।

काष्ठमण्डप पुनर्निर्माण अब द्रुत गतिमा, दातासँग पैसा नलिने मेयरको निर्णय

काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिन थालेको छ। भूकम्पले भत्किएको काठमाडौंको ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माणको कामअन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम गरिरहेको छ।

रानीपोखरीको रुप

२०७२ सालको भूकम्पमा धेरै सांस्कृतिक सम्पदाहरूमा क्षति पुगे । सोही भूकम्पमा रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि भत्कियो ।

पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। करिब १० : ४० बजेको समयमा सिरहा, सप्तरीलगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। करिब ३० सेकेन्डजती भूकुम्पले हल्लाएको महसुस गरिएको लहानकी सुनिता यादवले बताईन।

पहिलो किस्ता बुझेर चुपचाप

भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन्।

सिन्धुपाल्चोकमा अझै नौ हजार घर बन्न बाँकी

भूकम्पबाट सर्वाधिक क्षति भएको सिन्धुपाल्चोक पुनर्निमाणमा विभिन्न व्यावहारिक तथा कानुनी उल्झनमा फसेका र अटेरी पीडित बाधक देखिएका छन्।

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गी आप्रवासी घुसपैठ गराउनह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्