२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अटेरी र उल्झनमा फसेका पीडित पुनर्निर्माणमा बाधक

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक पुनर्निर्माणमा अटेरी र विभिन्न व्यवहारिक तथा कानुनी उल्झनमा फसेका पीडित बाधक देखिएका छन्। उनीहरुकै कारण जिल्ला पुनर्निर्माण सम्पन्न हुनबाट पछाडि धकेदिने देखिएको छ।

इक्वाडोरमा भूकम्प

इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ।

जापानमा भूकम्प : आठ जनाको मृत्यु, सयौं बेपत्ता

उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ।

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो।

अझै भएन स्थानान्तरण

भूकम्प गएको ३९ महिना बितिसकेको छ । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन।

साढे तीन वर्षमा १ सय ८५ सम्पदा पुनर्निर्माण

भूकम्प गएको ४० महिनाको अवधिमा एक सय ८५ वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो ।

भेनेजुएलामा ७.३ म्याग्निच्युडको भूकम्प

भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन्। त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन्। भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ।

दुई सातापछि इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्।

फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प

फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान स्थानिय समय अनुसार ५ः३७ मा फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ८.२ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

पुनर्निर्माण : कहाँ चुक्यौँ ?

रसुवाको कालिका गाउँपालिका वडा नं. ३ इटपारेका बासिन्दा हुन् रामबहादुर नेपाली । उनको परिवार भूकम्पमा घर भत्किएपछि टहरामा त एकै ठाउँमा बस्न बाध्य भयो नै, ९ महिनाअघि मात्र आफ्नै घर बन्दा पनि टहरोमा बस्दा भन्दा फरक हुन सकेन

भूकम्पपछि सिन्धुपाल्चोक पुनर्निर्माण : ‘सहर’ को छनक दिँदै ठडिए गाउँ–बस्ती

साना तथा मझौला आकारका चिटिक्क घर । रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती ।

रोपाइ छाडेर अनुदान माग्न भूकम्प पीडित सदरमुकाममा

गजुरी गाउँपालिका –८ किराञ्चोकका सहदेव जमरकट्टेल टारी खेतको रोपाइ छोडेर सदरमुकाम धादिङबेसी आइपुगे।

भूकम्पपछिको पुनर्निर्माण : उठ्दै छ सिन्धुपाल्चोक, ४४ हजार परिवार नयाँ घरमा

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकका साढे ४४ हजारभन्दा बढी पीडित परिवार नयाँ घर सरेका छन्।  भूकम्पले भत्काएका संरचनाका भग्नावशेष र खण्डहर पन्छाउँदै पुनर्निर्माण सकेर उनीहरु भूकम्पप्रतिरोधी नयाँ घर सरेका हुन्।

इन्डाेनेसियामा भूकम्प,८२ जनाकाे मृत्यु

इन्डाेनेसिया - इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्