३ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जाकार्ता- मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। 

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ। 

यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ। सुनामी डर नभएको सो विभागले थप जानकारी दिएको. छ। विश्वको तुलनामा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ। 

सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: १२ आश्विन २०७५ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App