२३ आश्विन २०८१ बुधबार
image/svg+xml

यस्तो थियो ताप्लेजुङ स्थानीय तह २०७४ सालको निर्वाचन नतिजा

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये ५ प्रमुख अध्यक्ष र ५ उपाध्यक्ष सहित १० पद नेकपा एमालेले जितेको थियो।

एमाले सांसदको हस्ताक्षर संकलन

एमाले संसदीय दलले सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेको हो। ‘हामीले सोमबार ६ ठाउँमा हस्ताक्षर गरेका छौं। जहाँजहाँ उपयुक्त हुन्छ, त्यहाँत्यहाँ प्रयोग गर्ने नेतृत्वलाई अधिकार पनि दिएका छौं,’ एक सांसदले भने। दलको बैठकले आवेशभन्दा पनि सोचविचार गरेर अघि बढ्नुपर्ने भन्दै त्यसबारे निर्णय गर्ने सबै अधिकार शीर्ष नेतृत्वलाई दिएको हो।

एमालेले न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन्।

‘काउन्टर’ प्रस्ताव ल्याउने तयारीमा एमाले

सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेमाथि गम्भीर षड्यन्त्र भएको र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले चार न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताएका थिए। बैठकमा सहभागी सदस्यले प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदा न्यापालिकामाथि कार्यपालिका हाबी भएको भन्दै आपत्ति जनाएका थिए।

प्रधानन्यायाधीशका पक्षमा एमाले, महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सचिवालयको निर्णय

बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ।

एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदको कारबाही रिटमा आज सुनुवाइ

माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने गरे: ईश्वर पोखरेल

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन्।

एमाले एमसिसीबाट भाग्न नसक्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र समर्थन जुटाउन नसक्दा संशोधन बिना एमसीसीको पक्षमा जाने वा नजाने अन्योलमा छन् भने नेकपा एकीकृत समाजवादी पनि संशोधन बिना एमसिसीको पक्षमा देखिएको छैन। यी दुवै पार्टीको मनसाय एमसिसी हुन्न पनि नभन्ने पारित गर्ने दिन भने लम्बाइ रहने देखिएको स्रोतको भनाइ छ।

चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली

‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ । अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुन्छ। हामी वास्तविक लडाइँको मैदानमा प्रवेश गरेका छौं।’

मतपत्र च्यातेर, बत्ति निभाएर चुनाव जित्ने सपना नदेखे हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन्।

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल चयन

नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

ओलीलाई प्रचण्डको फोनः एमसीसीमा तपाईंले निर्णय नगरी भएन

बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख 'विष्णु रिजाल'ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन।’

शेखरले बढाए सक्रियता

संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति विभाजित र प्रभावित भएको बताउँदै कांग्रेस नेता शेखर कोइरालाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्