५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले एमसिसीबाट भाग्न नसक्ने

अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कारण प्रतिनिधिसभाको बैठक बस्नै नसकेर स्थगित भइरहेको छ। संसद्मा नारावाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसिसी पारित गर्नका लागि मतदानमा भाग लिन बाध्य हुँदै गएको छ।

पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस मात्रै एमसिसी पारित गर्ने पक्षमा रहे पछि कांग्रेस गठबन्धन बाहिर गएर एमालेको समर्थनमा एमसिसी पारित हुने संकेत देखिन थालेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र समर्थन जुटाउन नसक्दा संशोधन बिना एमसीसीको पक्षमा जाने वा नजाने अन्योलमा छन् भने नेकपा एकीकृत समाजवादी पनि संशोधन बिना एमसिसीको पक्षमा देखिएको छैन। यी दुवै पार्टीको मनसाय एमसिसी हुन्न पनि नभन्ने पारित गर्ने दिन भने लम्बाइ रहने देखिएको स्रोतको भनाइ छ।

संसद् अवरुद्ध गरेकै अवस्थामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित होस् भन्ने एमालेको यस अघिको चाहना पूरा नभए पछि अब कांग्रेससँग एमसिसीमा सहकार्य गर्नका लागि एमालेलाई दबाब पर्न थालेको छ। दबाब कै कारण प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीलाई जसरी पनि संसद्मा टेबुल गर्ने गरी कडा दबाब दिन थालेको धेरै भइसक्यो।

एमाले अध्यक्ष केपी ओली पनि त्यहीँ दबाबमा पर्न थालेको स्रोतले बतायो। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेर सम्झौता पारित नभए नेपालसँगको सम्बन्ध बिग्रन सक्ने संकेत गरेका छन्।

अमेरिकी सहायक मन्त्री लुको यो भनाइ आएदेखि यता कांग्रेस र एमालेले मात्रै भए पनि एमसिसी पारित गर्ने योजनामा देखिएको स्रोतले बताएको छ। सरकारमा हुँदा एमालेले गरेका प्रतिवद्धताका कारण पनि एमालेलाई एमसिसी पारित गर्न नैतिक दबाब परिरहेको छ।

एमालेले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको इगोको कारण सोही आधारमा उसले आफ्ना धारणा बनाउने बदल्ने गरेको थियो। केपी ओली नेतृत्वको सरकारले सभामुखका कारण एमसिसी पारित नभएको बताएको थियो। अहिले सरकार बाहिर हुँदा सभामुखको राजिनामा आए एमसीसीमा मतदान गर्ने, गठबन्धन तोडेमात्र एमसिसी पारित हुने जस्ताकुरामा आडन लिइरहेको थियो।

फागुन १६ गतेभित्र एमसिसी पारित गर्ने आश्वासन दिएर एमसिसीलाई पत्र पठाएका माओवादीका अध्यक्ष दाहाल यतिबेला चुनाव पछि मात्र पारित गर्ने भन्दै त्यसमा माहोल बनाउन लाग्दै छन्।

बिहीबार मात्रै माओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीलाई चुनावपछि एमसिसी पारित गर्न सहयोग गर्न आग्रह गरेका छन्। उनले यसअघि पाँच दलीय गठबन्धनको बैठकमा चुनाव पछि मात्र एमसिसी पारित गर्ने प्रस्ताव गरेका थिए।

प्रकाशित: २९ माघ २०७८ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App