५ आश्विन २०८१ शनिबार
image/svg+xml

अर्थमन्त्री खतिवडाले सोधे– नागरिकता दिँदा कर मागेका छौं र ?

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताए।

नागरिकता विधेयकमा जुटेन सहमति

विवाह गरेर आएकी बुहारी र ज्वाइँलाई नागरिकता कसरी प्रदान गर्ने भन्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले कुनै सहमति जुटाउन सकेन। नेकपा सांसद विजय सुब्वाको संयोजकत्वमा गठन भएको नौ सदस्य उपसमितिले विवादित विषयमा राजनीतिक सहमति जुटाउन नसकेपछि विवाह गरेर आएकी विदेशी बुहारीको निम्ती सात वर्षपछि नागरिकता प्राप्त हुने वैकल्पिक राखेर प्रतिवेदन बुझाएको हो। तर, विदेशी ज्वाँइका विषयमा प्रतिवेदन मौन छ।

अंगीकृत नागरिकताबारे संसदमा जुहारी, सरिता गिरीलाई प्रेम सुवालको जवाफ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक छलफलका लागि प्रस्तुत गरे। छलफलका क्रममा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच जुहारी चलेको छ। विधेयक राष्ट्रिय परिचयपत्रको भए पनि यी दुईबीच अंगीकृत नागरिकताका विषयमा सवाल जवाफ भएको हो।

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने दुई जना पक्राउ

प्रहरीले झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङ का (साविकको जोगीमारा गाविस वडा नं ५) बुद्धि बहादुर प्रजा र अर्का एक जना झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।

भारतीयलाई नागरिकता दिलाउनेमाथि अनुसन्धान सुरु

मन्त्रिपरिषद्को बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्न निर्देशन दिएको छ।

संसदमा त्रिपाठीको प्रश्न : नागरिकता खारेज गरेर मात्रै हुन्छ, दिनेलाई कारबाही गर्नु पर्दैन ?

नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन्।

राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपाका सांसदको आपत्ति

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपामा सांसदले आपत्ति जनाएका छन्। राजेन्द्र महतो नाम गरेका व्यक्तिको नागरिकता खारेज गरिएको विषयमा आफ्नो प्रचार भएपछि असन्तुष्टि जनाउँदै महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मुछेपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले आपत्ति जनाएका हुन्।

संसदमा राजेन्द्र महतोको प्रश्न, ‘मेरो नागरिकता खारेज भएको हो?’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ठेगाना नखुलाई आफ्नो नामको नागरिकता खारेज भएको भन्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

काठमाडौं प्रशासनबाट नागरिकता फाइल जफत

सिआइबीको अनुसन्धान प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनबाट नागरिकता जारी गरिएका सबै फाइल नियन्त्रणमा लिएको हो।

आठ हजारलाई राहदानी, साढे १० हजारलाई नागरिकता

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट आर्थिक वर्ष २०७५/७६ मा ८ हजार ३ सय ९७ जनाले राहदानी लिएका छन् । यो संंख्या साधारण दस्तुर पाँच हजार रुपैयाँ तिरेर जिल्लाबाटै राहदानी लिनेहरूको हो । यसबापत कार्यालयले ४ करोड ५६ लाख ६६ हजार राजस्व संकलन गरेको छ । ‘साधारण दस्तुर तिरेर राहदानी लिनेमा पुरुषको बाहुल्य छ । गएको आवमा ४ हजार ५ सय ८० पुरुष र ३ हजार ८ सय १७ महिलाले राहदानी लिएका छन्,’ सूचना अधिकारी एवं सहायक प्रजिअ वसन्तराज पुरीले भने ।

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

‘सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन’

नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ।

राष्ट्रियता र तराईका जनता

तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ।

राउटेलाई नागरिकता दिइने

बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ।

राउटेलाई अब नागरिकता

जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्