५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपाका सांसदको आपत्ति

काठमाडौं– राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपामा सांसदले आपत्ति जनाएका छन्। राजेन्द्र महतो नाम गरेका व्यक्तिको नागरिकता खारेज गरिएको विषयमा आफ्नो प्रचार भएपछि असन्तुष्टि जनाउँदै महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मुछेपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले आपत्ति जनाएका हुन्।

खगराजले महतो बोल्दै गर्दा उठेर आपत्ति जनाएका थिए भने पोखरेलले महतो बोलिसकेपछि सभामुख र नेकपा अध्यक्षलाई जोडेमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे। 

महतोले कृष्णबहादुर महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भन्ने सूचनामा सभामुख महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भयो भनेर समाचार आयो भने के हुन्छ भनी प्रश्न गरेका थिए। त्यतिमात्रै होइन उनले पुष्पकमल दाहालको नाम लिँदै भन्दै गर्दा नेकपा सांसद अधिकारीले आपत्ति जनाएपछि उनी रोकिएका थिए। नाम मात्रै भनेर अर्काे व्यक्तिलाई जोड्नु गलत भएको उनको भनाई थियो। 

अर्का सांसद कृष्णभक्त पोखरेलले कसैसँग उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिने कुरा स्वभाविक नभएको र संसदको मर्यादा र सम्मान पनि पर्याप्त नहुने र पुष्पकमल दाहालको नाम लिने कुरा पनि संसदीय अभ्यास र मर्यादाभित्र नपर्ने भन्दै रेकर्डबाट हटाउन माग गरे। अन्तिममा सभामुख महराले यस विषयमा अन्तिममा निर्णय लिने जवाफ दिएका थिए। 

सांसद महतोले अर्कै राजेन्द्र महतोको नागरिकता खारेज गरिएको विषयमा आफूलाई जोडिएको भन्दै संसदमा आपत्ति जनाएका थिए। यस विषयमा उनले सभामुख महरा र पुष्पकमल दाहाललाई पनि तुलना गरेपछि नेकपाका सांसद विरोधमा उत्रिएका हुन्।

प्रकाशित: २० श्रावण २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App