५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतबाट बिहे गरेका आएका चेलीलाई सिन्दुर, नागरिकता र मन्त्री पद !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्।

नागरिकता विधेयकमा भीम रावलका तीन संशोधन, गृहमन्त्रीमाथि छानविनकाे माग (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले वंशजको नागरिकता दिने सर्कुलर कानुन विपरित भएको भन्दै यसमा छानविन हुनुपर्ने माग गरेका हुन्। वंशजलाई नागरिकता दिन गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका सिडिओलाई सर्कुलर गरेका थिए।

नागरिकता विधेयकविरुद्ध तीन दल

अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो। सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन्।

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

नागरिकता बिधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलको फरक फरक विचार सार्वजनिक भए सँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो।

नेचामा नागरिकता शिविर

संघीयतासँगै अधिकांश सेवा स्थानीय तहमा विकेन्द्रित भए पनि नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गाउँमै पुगेर नागरिकतासम्बन्धी सेवा प्रदान गरेको छ।

इजलासमा घुम्दै नागरिकता विवाद

सर्वोच्च अदालतले गृह मन्त्रालयको नागरिकतासम्बन्धी विवादित निर्णय संयुक्त इजलासबाट टुंग्याउन आदेश गरेको छ। यसअघि संयुक्त इजलासका तीनै न्यायाधीशले नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश गरेका थिए। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले ‘संयुक्त इजलासले टुंग्याउने’ आदेश गरेको हो।

दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर—९ विमलेश साह छन्।

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

बलिउड अभिनेता अक्षय कुमारको नागरिकता विवादमा परेको छ। भारतमा लोकसभा निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको गैरराजनीतिक अन्तर्वार्ता लिएर चर्चामा रहेका तथा भारतको वीर एप्लीकेशन आइडियाका संस्थापकसमेत रहेका अक्षयको नागरिकतामाथि प्रश्न उठेको हो।

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्।

सरकारले चिठीका भरमा नागरिकता वितरण गर्नु गम्भीर होः नेता आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सरकारका गृहमन्त्रीले चिठी काटेर नागरिकता वितरण गरेको विषय गम्भीर भएको बताएका छन्।

नागरिकताबिनै आवेदन

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्य बन्न इच्छुक देखिएकामध्ये केहीले नागरिकतासमेत पेश नगरी आवेदन दिएका छन्। सिफारिस समितिमा पदाधिकारीका लागि आवेदन दिएका अध्यक्ष पदका २ जना र सदस्यका दाबेदार २० गरी २२ जनाले नागरिकताको प्रमाणपत्र पेस गरेका छैनन्।

गृहको विवादित निर्णय बदर: नागरिकता विवाद पूर्ण इजलासले टुंगाउने

सर्वोच्च अदालतले जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीको विवादित निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले गृहमन्त्रालयबाट गत चैत १९ मा भएको पत्र कार्यान्वयन नगर्न मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

रामनारायण बिडारी भन्छन्- विदेशीले नेपाली नागरिकता लिए, तत्काल खारेज गरौं

सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

नागरिकता लिएका भारतीय कराेडाैँ राजस्व छलेर फरार

विगतमा नेपाली नागरिकता हात पार्न सफल भएका दुई भारतीय नागरिकले बेग्लाबेग्लै घटनामा नेपाल सरकारको करिब १८ करोड रुपैयाँ राजस्व रकम लएर फरार भएका छन्। यसमध्ये एकजनालाई आन्तरिक राजस्व कार्यालय वीरगन्जले बक्यौता असुलीका लागि खोजिरहेको छ भने अर्का एकजनालाई जिल्ला अदालत पर्साले करिब दुई करोड रुपैयाँ भराउने र एक वर्ष कैद सजाय तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्