१० मंसिर २०८१ सोमबार
image/svg+xml

अर्थमन्त्रीलाई रावलको प्रश्नः नेपाली बैंकलाई सिंहदरवारभित्र जाने अनुमति किन नदिएको?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरवारभित्र राख्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेता रावलले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरवारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको प्रश्न अर्थमन्त्री युवराज खतिवडालाई गरे। जवाफमा मन्त्री खतिवडाले सिंहदरवारभित्र शाखा खोल्न वाणिज्य बैंकले प्रक्रिया सुरु गरिसकेको र सरकारले पहिल्यै अनुमति दिइसकेको जानकारी गराए।

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बुधवार दिउँसो १२ बजे बसेको बैठकमा अवरोध गरेको हो।

निगमले माग्यो नारितामा उडान अनुमति

नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

नुबिया स्मार्टफोनमा विशेष छुट

नुबियाले आफ्ना लोकप्रिय मोबाइल फोनको मूल्य घटाएको छ। नुबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु–– जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ ––को अधिकतम बजार मूल्य घटाएको हो।

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नेपाल भाषाको विद्यालय खोलिने

शहरी क्षेत्रमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको संख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ। बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए।

१२ करोडका बिलभर्पाई गायब

नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो।

मुवाँथाईमा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

थाइल्यान्डमा हुने १६औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। बैंककमा मार्च १२ देखि २० सम्म नेपालको तर्फबाट राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन्।

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।

निगमले माग्यो नारितामा उडान अनुमति

नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो । तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ।

पौडेलले भेटे अभिभावकत्व लिएका कीर्तन

पाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूले अभिभावकत्व लिएका एक विद्यार्थीलाई प्रत्येक महिना भेट्ने गरेका छन्।

विप्लवसँग तत्काल वार्ता गर : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न सरकारलाई आग्रह गरे।

भ्रष्टाचारविरुद्ध चित्रकला

भ्रष्टाचारविरुद्ध चेतना जगाउनका लागि युवा कलाकारहरूले सिर्जना गरेका चित्रहरूको राजधानीमा प्रदर्शन भइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल(टीआई नेपाल)ले आयोजना गरेको प्रदर्शनी आइतबारबाट सुरु भई मंगलबार समापन हुनेछ।

भुसालको नेतृत्वमा नयाँ कार्यसमिति

गिरिराज भुसालको नेतृत्वमा १३ सदस्यीय नेपाल एकायन कराते संघ बाँके जिल्ला समिति निर्विरोध चयन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्