२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

भुसालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं –  गिरिराज भुसालको नेतृत्वमा १३ सदस्यीय नेपाल एकायन कराते संघ बाँके जिल्ला समिति निर्विरोध चयन भएको छ।

नेपालगन्जको बाँके उपमहानगरपालिकास्थित वडा–१० मा सोमबार भएको बाँके जिल्ला समितिको प्रथम वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। नेपाल एकायन कराते संघ बाँके जिल्ला समितिको उपाध्यक्षद्वयमा कृष्ण ओली र विजय लम्साल, सचिवमा चन्द्र बोहरा र कोषाध्यक्षमा आनन्द घिमिरे चयन भए।

त्यस्तै सदस्यमा विनोदसिंह सिजापति, प्रमिला बोहरा, मधु भुसाल, नुत्तम भारती, श्यामा यादव, सन्तराम चौधरी, रस्मिता पौडेल र हुसेन हलुवाई निर्वाचित भए।

उक्त साधारणसभा जिल्ला समितिका उपाध्यक्ष सन्तराम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।  उक्त निर्वाचन बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतको प्रमुख आतिथ्य र नेपाल एकायन कराते संघका अध्यक्ष श्रीकृष्ण डंगोल रोहवरमा सम्पन्न भएको हो। 

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App