‘राष्ट्रिय एकता कमजोर पार्ने अधिकार कसैलाई छैन’
नेपाली कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कमजोर पार्नेगरी कसलाई सहमति र सम्झौता गर्ने छुट नभएको स्पष्ट पारेको छ।
नेपाली कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कमजोर पार्नेगरी कसलाई सहमति र सम्झौता गर्ने छुट नभएको स्पष्ट पारेको छ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।
अधिकांश सांसदको प्रश्नमा संचालक समितिका सदस्यले संचालक समितिलाई जानकारी नभएको, भएका निर्णय व्यवस्थापनले गरेको जस्ता जवाफ दिएर उम्किन खोजे। सोधिएको प्रश्नको जवाफ प्रस्ट सँग नपाएपछि सांसदहरु आक्रोशित बन्दै गएका थिए। त्यहि आक्रोशको पोको खोले कांग्रेस सांसद मिनेन्द्र रिजालले।
संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ। समितिको साेमवारको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो।
आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले फागुन २४ गते सीके राउतसँगको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेको केही शब्दमाथि असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनामा असन्तुष्टि जनाएका हुन्।
नेपाल विद्युत् प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको बिलबाट उद्योग, व्यवसाय सञ्चालनमा ठूलो समस्या परेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
नेपाल वायुसेवा निगमसँग चार थान ‘वाई१२–ई’ जहाज छन्। यी जहाज नउडेको शनिबार ३८ दिन पुग्यो। दुर्गम क्षेत्रमा उडाउन चीनबाट ल्याइएका यी जहाज निगमको कमजोर व्यवस्थापनका कारण थन्किन पुगेका हुन्।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाले बताएका छन्। सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता सम्पन्न भएको छ। २००९ सालमा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए। पछि त्यही महाविद्यालयको बाल्मीकि विद्यापीठ नामकरण भएको थियो।
महाधिवेसनलाई टार्जेट गरेर नेपाली कांग्रेसका नेताहरु जिल्ला दौडाहमा लागेका छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला, नेता रामचन्द्र पौडेल लगायतका नेता गण्डकी प्रदेशमा केन्द्रित भएका छन् ।
आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।
मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो।
नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन्। नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आइतवार यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ।”