१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कञ्चनपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

प्रकाण्ड प्रकरण : चर्चा कि बदनामी ?

नेपाल कम्युनिस्ट पार्टीका नाममा विद्रोहको मानसिकता बोकेको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी र रिहाइ लोकतान्त्रिक सरकारको मजाकको विषय बनेको छ।

कांग्रेसमा ‘चौतारो’को खोजी

दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीको सहभागिता रहेको संसदीय निर्वाचनपछिको सबैभन्दा ठूलो कार्यक्रम जिल्ला सम्मेलनलाई दोलखा कांग्रेसले यसपटक कार्यकर्ताका भावना सुन्नेगरी फरक शैलीमा सम्पन्न गर्ने निर्णय गरेको छ।

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ।

विज्ञ टोलीद्वारा बोइङको अवस्था अध्ययन

स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सकेर स्वदेश फर्किसकेको निगमले जनाएको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने धारणा राखे।

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्।

संगठन व्यवस्थापनदेखि विप्लव र सीके राउतमाथि कारवाहीसम्म

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालकाे कार्यकालकाे चाैमासिक प्रगति विवरण सार्वजनिक गरेकाे छ। आइतबार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरू कुरा गर्दै प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले सार्वजनिक गरेको चौमासिक प्रगति विवरणमा संगठन व्यवस्थापनदेखि नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहमाथिको कारवाहीलाई उल्लेख गरिएको छ।

कांग्रेस गुट राजनीतिका विरोधी

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

नेपाली कांग्रेसले पार्टीको सबै तहलाई समावेशी बनाउनका लागि केन्द्रीय कार्यसमितिदेखि गाउँ तहसम्मको समितिको आधार बढाउने भएको छ।

नेपाल रिपब्लिक मिडियाद्वारा साझाका महाप्रबन्धक शर्माविरुद्ध मुद्दा

नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक र रिपब्लिका दैनिकका प्रकाशक तथा सम्पादकको बेइज्जती गर्ने सरकारी स्वामित्वको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध मुद्दा दायर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्