११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं - एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) को निमन्त्रणामा नेपाली टोली प्रतियोगितामा खेल्न त्यसतर्फ प्रस्थान गरेकाे हाे। नेपालले भारतका दुई टोली सहित अफगानिस्तानसँग खेल्नेछ।

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने विहीवार भारतको १९ वर्ष मुनिको ए टिमसँग र भदौ ३१ गते अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगितामा चारवटै टोलीले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

नेपाली टोलीमा आशिफ शेख (कप्तान), तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम  रहेका छन्। नेपाली टोलीका प्रशिक्षक विनोद दास र सहायक प्रशिक्षक मनोज कटुवाल रहेका छन्। रासस

प्रकाशित: २५ भाद्र २०७५ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App