१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘अयोग्य’ झा पुनः अध्यक्ष

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकामाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्त गरेका छन्।

भारतमा हुने यु-१९ क्रिकेटका लागि खेलाडी छनोट

भारतमा हुने उन्नाइस वर्ष मुनिकाे एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रवार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ।

नेकपामा नेता चयनको सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ मा जिल्ला तथा प्रादेशिक संरचना निर्माणमा ढिलाइ गर्दा प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न बिलम्ब भइरहेको छ।

नेपालमै डाक्टरी पढेका अब्बल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्।

'प्रहरीको शिर उँचो पार्ने कार्य गर्नुस्'

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत तोकिएको मुलभूत दायित्व निर्वाह गर्न र नागरिक सेवामा तल्लीन हुन सम्पूर्ण प्रहरी अधिकारीलार्इ निर्देशन दिएका छन्।

स्वास्थ्य चौकी बनाउन सहयोग जुटाउँदै मिस नेपाल

विकट गाउँमा स्वास्थ्य चौकी निर्माणमा सक्रिय मिस नेपाल २०१८ श्रृङ्खला खतिवडालाई सहयोग रकम जुट्ने क्रम जारी रहेको छ।

‘टोफेल आयल्टस स्कोर बुस्टर’ फेयर हुने

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआइइसी)को आयोजनामा आगामी आइतबार ‘टोफेल, आयल्टस स्कोर बुस्टर फेयर’ हुने भएको छ।

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ । साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ ।

फौजदारी संहिता संशोधन गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले यही भदौ १ बाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै ती बुँदाहरू तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन प्रदेश सरकार/जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई यो ज्ञापनपत्र बुझाइएको छ।

स-यो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

पेट्राेलियम पदार्थकाे मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३/३ तथा खाना पकाउने ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ।

पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन छलफल सुरु

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ। काठमाडौंको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ।

नेपाल–चीन तेस्रो परामर्श बैठक बस्दै, पारवहन ‘प्राटोकल’लाई अन्तिम रुप दिने

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्