११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'प्रहरीको शिर उँचो पार्ने कार्य गर्नुस्'

काठमाडाैं - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत तोकिएको मुलभूत दायित्व निर्वाह गर्न र नागरिक सेवामा तल्लीन हुन सम्पूर्ण प्रहरी अधिकारीलार्इ निर्देशन दिएका छन्। विहीवार नेपाल प्रहरी अस्पताल महारजगंजमा अायाेजित कार्यक्रममा खनालले प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेकोले यस अभियानलाई सफल पार्न सम्पूर्ण प्रहरीहरुले अनुकरणीय काम गर्नुपर्ने बताए।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अस्पताल परिसरभित्र पुननिर्मित काली मन्दिर उद्‍घाटन, ईमर्जेन्सी तथा ओपिडी र महिला व्यारेक भवनको शीलान्यास, ‘हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एण्ड नेटवर्किङ’को उद्‍घाटन गरे।

नेपाल प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको चर्चा गर्दै  प्रहरी महानिरीक्षक खनालले सबै बिरामीहरुलाई गुनासो नआउने गरी समान रुपले अझै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।

 

प्रकाशित: २१ भाद्र २०७५ १५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App