काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३/३ तथा खाना पकाउने एलपी ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ग्यासको मुल्य १४ सय पुगेको छ।
प्रकाशित: २० भाद्र २०७५ १७:०८ बुधबार