४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतमा हुने यु-१९ क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं - भारतमा हुने उन्नाइस वर्ष मुनिकाे एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रवार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन्। त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम रहेका छन्।

यस प्रतियोगितामा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी सहभागी छैनन्। प्रतियोगितामा आयोजक भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन्। उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। रासस

प्रकाशित: २२ भाद्र २०७५ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App