११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘टोफेल आयल्टस स्कोर बुस्टर’ फेयर हुने

काठमाडौं – नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआइइसी)को आयोजनामा आगामी आइतबार ‘टोफेल, आयल्टस स्कोर बुस्टर फेयर’ हुने भएको छ। उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुकमा जान इच्छुक विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

‘विद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देशमा जानुभन्दा अगाडि आयल्टस, टोफेल र स्याटवानमा कसरी धेरै अंक ल्याउने भन्ने विषयमा जान्न जरुरी छ,’ एनआइइसीका सिओइ सञ्जय स्मार्टले भने, ‘त्यसको लागि हामीले व्यावहारिकरुपमा विभिन्न टेक्निक सिकाउँछौं।’ विद्यार्थीको मनोविज्ञान बुझेर विदेशमा अध्ययन गर्न जानको लागि परामर्शसमेत दिइने उनले बताए। फेयरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि एनआइइसीमा अध्ययन गर्न छुटसमेत प्रदान गरिने बताइएको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App