२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सटिजन्सको प्रिभिलेज काउन्टर थपिए

सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।

कांग्रेस रुपान्तरणमा लाग्ने उद्घोष

म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणमा लागिसकेको छु। निरन्तर तपाईंहरूको घरदैलोमा पुग्नेछु, मेरो टिमका साथीहरू पनि पक्कै तपाईंहरूको घरदैलोमा पुग्नुहुन्छ। – शेखर कोइराला

कांग्रेस उपसभापतिको मतगणनाः १३०० मत गन्दा खड्का र गुरुङको अग्रता

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए।

मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब घाटामा

चालू आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर रु १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ।

एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढे, काँग्रेस अधिवेशनमा स्वयं प्रधानमन्त्री रातभर बसेः थापा

उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर काँग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताए

देउवाले विगतजस्तै पार्टी चलाए सशक्त प्रतिवाद गर्ने कोइरालाको चेतावनी

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गरे।

‘वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याइने छ'- अर्थमन्त्री

महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा सरकारको कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने उनले विश्वास दिलाएका छन्।

नेपाल सहज समूहमा

नेपालले डिसेम्बर २३ बाट युएईमा सुरु हुने यु–१९ एसिया कपमा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपरान्हदेखि

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए।

दोहोरिएका देउवा

देउवाले मत परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको संख्या उल्लेख्य छ। यसकारण यी सबैलाई उनले मिलाएर जानुपर्ने चुनौती आगामी दिनमा हुनेछ। गुट, उपगुट सबै दलका निम्ति चुनौती हुन् ।

घरदैलाे गर्दै नशा छुटाउँदै

आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’

नेपाली कांग्रेस महाधिवेशनः ७ सय मत खस्यो

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदान गर्न मत मागिरहेका छन्।

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए।

देउवालाई भोट माग्दै निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सभापति पदका लागि शेरबहादुर देउवालाई मत दिन महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्