६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस महाधिवेशनः ७ सय मत खस्यो

नेपाली कांग्रेसको १४औँ महाधिवेश अन्तरगत सभापति पदका लागि भएको पुनः निर्वाचनमा हालसम्म(४.४५ बजेसम्म) ७०० मत खसेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो। राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत संकेत गर्न छ स्थान कायम गरिएको छ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदान गर्न मत मागिरहेका छन्।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएको हो। मतदानका लागि साँझ ७ः३० बजेसम्मको समय व्यवस्थापन गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७८ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App