४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल सहज समूहमा

नेपालले डिसेम्बर २३ बाट युएईमा सुरु हुने यु–१९ एसिया कपमा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। समूह ‘ए’ मा भने भारत,पाकिस्तान, अफगानिस्तान र आयोजक युएई छन्। नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको हो।

नेपालले डिसेम्बर २३ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो यात्राको थालनी गर्नेछ। नेपालले दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंका र तेस्रो खेल कुवेतसँग खेल्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। दुवै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछन् भने फाइनल डिसेम्बर ३१ मा हुनेछ। नेपालले प्रतियोगिताका लागि गत साताबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App