१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल टेलिकमको दसैं अफर

नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।

सुरु भयो दसैं, व्यापारिक क्षेत्रमा भीडभाड

न्युरोड क्षेत्रमा बिहीबार सर्वसाधरणको भीडका कारण सवारी आवागमनमा निकै समस्या भयो । दसैंको पहिलो दिन भएकाले बजारमा सर्वसाधरणका भीड बढेको हो ।

सात लाख भूकम्प पीडितको दसैं टहरामै

२०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भिœयाउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

आजबाट दसैंका लागि नयाँ नोट साटिँदै

दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म नयाँ नोट साटिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मंगलबार नागरिकलाई बताए ।

दसैँ बुकिङमा व्यवसायीको बार्गेनिङ

विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैँको मुखमा अग्रिम टिकट बुकिङ खुलाउन आनाकानी गरेका हुन् । सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरूले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन्।

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए ।

सातै प्रदेशमा दसैंअघि कर्मचारी व्यवस्थापन

सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा २० देखि २५ हजारसम्म निजामती कर्मचारी र सात प्रदेशमा ३५ हजार कर्मचारी आवश्यक पर्ने आकलन गरेको छ । एक प्रदेशमा सरदर पाँच हजार कर्मचारी आवश्यक पर्ने सामान्यका अधिकारीहरूको बुझाइ छ ।

दसैंलाई २५ सय खसीबोका ल्याइँदै

सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दसैंलाई दुई हजार पाँच सय  खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ। डेढ महिनापछिको दसैंमा उपत्यकामा हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्यांग्रा ल्याउन लागेको हो।

'दसैंसम्म सडक चिल्ला बनाउँछौं'

उपत्यकाका सडकका खाल्डा पुर्ने जिम्मा पाएका सरोकारवाला निकायले दसैंसम्म सबै सडक पिच गर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको समयसीमाभित्र वर्षात्का कारण काम नसकिएको जनाउँदै उनीहरूले दसैंसम्म सबै खाल्डा पुरिसक्ने बताएका हुन्।

चुन्कीको अन्तिम दसैँ

विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दसैँ माने आइलो मलिक्वा?

दसैंमा उक्लिएको सेयर बजार तिहारमा ओर्लियो

दसैंअघि माथि उक्लिएको सेयर बजार तिहारमा तल ओर्लिएको छ। दसैं बिदा सुरु हुने अघिल्लो दिनभन्दा सेयर बजार मापक नेप्से ६६ बिन्दुले ओर्र्लिएको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि निरन्तर गिरावट आएको छ। दसैंअघिको अन्तिम कारोबारका दिन नेप्से १८१९.८८ बिन्दुमा पुगेको थियो।

दसैंमा बत्ती बाल्ने सपना अधुरो

सरकारी प्रक्रिया र ठेकेदारको ढिला सुस्तीका कारण जिल्लाको खासकुश्मा गाविसमा निर्माणाधीन ग्रामिण सामुदायिक विद्युतीकरणको काम लामो समयदेखि अलपत्र परेको छ। ठेकेदारले सम्झौताको म्याद दुई पटक गुजारी सक्दापनि काम अधुरै रहेको छ। आर्थिक वर्ष २०७१÷७२ भित्र उक्त गाविसमा विद्युतीकरणको काम सम्पन्न गर्न जनमुखी कन्ट्रक्सन कम्पनीले विद्युत प्राधिकरण सामुदायिक विद्युतीकरण विभागसँग सम्झौता गरेको थियो।

दसैंको अवधिमा भएका दुर्घटनामा २१ जनाको मृत्यु

इटहरी- दसैको सप्तमीको दिन मादकपदार्थ सेवन गरि (असोज २२ गते राति) तिब्र गतिमा मोटरसाइकल कुदाउँदा कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २४ मा एकै परिवारका दाजुभाईको घटनास्थलमै मृत्यु हुन पुग्यो।

दसैंमा डेढ सय सवारी दुर्घटना

दसैंका अवधिमा राजधानीमा करिब डेढ सय सवारी दुर्घटना भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखानुसार गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु, छ गम्भीर घाइते र एक सय ११ जना सामान्य घाइते भएका छन्।

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्