६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन।आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइ दिइन। प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

बागमती प्रदेश खेलकुद: भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन्।

काभा महिला भलिबल च्यालेन्ज कपः नेपालको मुख्य लक्ष्य उपाधि

सोमबारबाट आयोजना हुने काभा महिला भबिल च्यालेन्ज कपमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको आरम्भ गर्दै छ।

हाफ म्याराथनमा मुकेश र राजपुराले उपाधि जिते

त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले आज राजधानीमा आयोजित हाफ म्याराथन २०२३ को उपाधि जितेका छन्।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ शहिद भीमनारायण गोल्डकपको उपाधि क्षमा देवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ।

उपाधिमा ह्याट्रिक गर्ने विश्वास

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले अर्को हप्तादेखि सुरु हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी राम्रो भएको र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।

मच्छिन्द्रको उपाधि रक्षा गर्ने लक्ष्य कायम

स्ट्राइकर आफिज ओलाओलेको दुई गोलप्रेरित साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सोमबार एफसी खुमलटारमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्ने लक्ष्य कायम राखेको छ।

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोनाले सिटी प्रतिद्वन्द्वी स्पान्योललाई ४–२ ले हराएर २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

वडा–२ र वडा–४ लाई उपाधि

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा–२ पुरुषतर्फ र वडा–४ महिलामा च्याम्पियन बनेका हुन्।

मानसिंह डोजोलाई उपाधि

मानसिंह डोजोले आइतबार प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ। ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै मानसिंह टिम च्याम्पियन बन्यो।

हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई

फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडीमा प्रतिस्पर्धा गरिएको थियो। पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए।

जेसिज कपको उपाधि श्रीमेहर गणलाई

वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।

३३ वर्षपछि नापोलीले जित्यो सिरी ए को उपाधि

नापोलीले ३३ वर्षमा पहिलो पटक इटालिएन सिरी ए उपाधि जितेको छ। डिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो।

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्